झापाको दुधेको एक होटेलबाट नगद सहित १२ जना जुवाडे पक्राउ

  • असोज २९, २०८१
  • ३,८०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ असोजः चाडवाडको मौका छोपी तास जुवा खेल्नेहरु निकै सलवलाउन थालेकाछन् ।

सोहीक्रममा झापाको दुधे स्थित एक होटेलबाट १२ जना जुवाडे नगद सहित पक्राउ परेका परेको घटनाले पनि सो कुराको पुष्टि गरेको छ ।

शिवसताक्षी नगरपालिका ९ दुधेमा रहेको सगरमाथा होटेलबाट होटेल तथा घरधनी विनोद खरेल सहित १२ जना पक्राउ परेका छन् ।

गए राति साढे ८ बजे उनीहरूलाई पक्राउ गरिएको दमक प्रहरीले जनाएको छ ।

जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यस क्रममा १२ जना जुवाडे पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी–६ बस्ने ५० वर्षीय मिलन भण्डारी, वडा नं. ९ बस्ने ४७ वर्षीय दीपक तामाङ, वडा नं. ६ बस्ने ४२ वर्षीय नवीन तिम्सिना, वडा नं.९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू, सोही वडाका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, वडा नं.११ बस्ने ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा, वडा नं.९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती, सोही ठाउँ बस्ने ३९ वर्षीय विनोद खरेल,घर तथा होटेल साहु, २० वर्षीय सौगात मैनाली र भारत कोलकाताका ४१ वर्षीय परितोस पल रहेको प्रहरीले जनाएको छ ।

घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरूले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic