प्रहरी वरिष्ठ नायव निरीक्षक थापालाई १ लाख रुपैयाँको पुरस्कार

  • कार्तिक १, २०८१
  • २,५०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३०असोजः यसपटकको साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठकी स्वर्गीय आमा साधनादेवी श्रेष्ठ स्मृतिमा प्रदान गरीने १ लाख रुपैयाँ राशिको सो पुरस्कार प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६९औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहमा पुरस्कार गरेका हुन ।

पुरस्कृत थापा मगर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रदेश अनुसन्धान समूहमा कार्यरत छन् । प्रदेशका वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट छनौट भएका उनलाई यस वर्षका पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत प्रहरी वरिष्ठ नायव निरीक्षक थापा मगरले नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने नागरिक अघि प्रहरीको छवि उच्च बनाउने योगदान गर्दै आएका छन् ।

सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्न उनले गरेका कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले उक्त पुरस्कार प्रदान गरेको बताइएको छ ।

पुरस्कृत थापा मगरले आफ्नो कार्यहरूको मूल्याङ्कन गरी उत्कृष्ट प्रहरीको रूपमा छनौट गरेर सङ्गठनले ठुलो सम्मान गरेको बताए । उनले भने ‘पुरस्कारले आफूलाई अझ बढी जिम्मेवार भएर दायित्व निर्वाह गर्न प्रेरणा मिलेको छ ।

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic