धरानमा  तेस्रो पट्क सामुहिकरुपमा म्हः पूजा गरिने

  • कार्तिक १५, २०८१
  • १,८५२ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर

धरान : नेवार समुदायले पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा यसपालि दोस्रो  पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ ।

मिसा दबुले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल संवत् ११४५ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक १७ गते शनिबार सामूहिकरुपमा म्हः पूजा हुने जानकारी दिएको हो ।

नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवाः ल्याम्ह दबू जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्त रूपमा आयोजना सामूहिक म्हः पूजा हुने भएको हो । 

म्ह पुजा संयोजक लक्ष्मी प्रधानले भनिन् ' कोशी प्रदेशमा मिसा दबु सुनसरीले सामुहिकरुपमा म्हः पूजाको सुरुवात गरिएको हो ।’ प्रधानले नेवार समुदायलाई एकत्रित गर्दै सामुहिकरुपमा सबैको भावना उजागर गर्दै सस्कार र सस्कृती एक बनाउन सामुहिकरुपमा म्ह पुजा आयोजना गरिएको बताए ।

सामूहिक म्हः पूजामा ५० जनाको सहभागिता रहने छ । सहभागिता बापत दर्ता शुल्क ५ सय रुपैयाँ राखिएको उनले बताइन् । पूजा धरान-७ सिद्धि नेवाः परिषद्को खुल्ला प्राङ्गणमा हुनेछ ।

नेवाः परम्परामा यो विशेष पर्व धरानमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।

म्हः पूजा परिवारका सदस्यहरू भेला भई आ-आफ्नो मण्डल अगाडि बसेर आफूले आफैलाई पूजा गर्ने प्रचलन हो । यसलाई यसपालि नेवाः समुदाय भित्रका परिवार बिचमा सामूहिक बनाउन आयोजना गरिएको बताइएको छ । पूजामा सहभागीहरू मध्ये ज्येष्ठताको आधारमा क्रमशः मण्डल अगाडि बसेर ससम्मान पूजा गर्ने तयारी गरिएको छ ।

प्रदेशमा नै पहिलो पल्ट सामूहिक म्ह: पूजा कार्यक्रमले नेवाः परम्परा भित्रको विशेष पर्वको बारेमा धरान भित्र छरिएर बसोबास गरिरहेका सम्पूर्ण नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको संयोजक प्रधानले बताइन ।

कार्यक्रमको प्रवर्द्धन धरान उपमहानगरपालिका र नेवाः देय दबू धरानले गरेको । व्यवस्थापकमा नेवाः सांस्कृतिक उत्थान मञ्च,नेवा पत्रकार दबु सुनसरी,नेवार एकता समाजले सयोजनमा गरेको बताइएको छ ।

म्हःपूजाको भनेको के हो ? 

म्हः पूजाको अर्थ शरीरको पूजा हो । विद्वानहरूले म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भनेका छन् । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ ।

म्ह पूजा किन गरिन्छ ?

मानव जीवनमा सबै भन्दा बहुमूल्य कुरा मानिसको शरीर हो । शरीर स्वास्थ्य, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यता म्हः पूजाको पाईन्छ l

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic