सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

  • चैत २५, २०८१
  • २,१९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण सभाले पवन पोद्धारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।

सोमवार धरान–१० स्थित होटल ड्रिमल्याण्डमा भएको साधारण सभाले सो समिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस सिताराम आचार्य,अमित अग्रहरी र कुमार शाह निर्वाचित भएकाछन् ।

DILAR NFWES PHOTO = 2 त्यसैगरी सदस्यहरुमा शैलेश आचार्य,राजेन्द्र शाह,विजय कुमार शाह,रंजित शाह रहेकाछन् ।

निवर्तमान अध्यक्ष मानिक सुरानाको अध्यक्षतामा भएको सो साधारण सभामा सुनसरी क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य जयकुमार राई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीधारी सापकोटा, परिसंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

निर्वाचित समितिलाई प्रमुख अतिथि राई लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रमुख निर्वाचन अधिकृत नारायण लिम्वु,निर्वाचन अधिकृतहरु हरी बहादुर कार्की र देवेन्द्र काकी रहेका थिए ।

सर्वसम्मत रुपमा समिति चयन भएको प्रमुख निर्वाचन अधिकृत नारायण लिम्वुले जानकारी दिए ।

 

 

 

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic