लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

  • वैशाख ९, २०८२
  • २,७१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ सेरेङ लिङथेप लिम्बु वंशावली धरानमा मंगलवार विमोचन भएको छ ।

शनिवार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको सभा भवनमा सो विमोचन गरीएको हो ।

FINAL NEWS PHOTO = 2 वंशावलीको विमोचन साङ्धुङ्गे सेरेङ सङ्जुम्भोका अध्यक्ष सेसेमी सेरेङ नाल्वोले गरेका थिए ।

कार्यक्रममा वंशावली प्रकाशनको लागि आर्थिक सहयोग गर्ने, सम्पादनमा रहेर सहयोग गर्ने लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो ।

FINFL NEWS PHOTO = 3

सुवेदार तुलाराम सेरेङ लिङथेपको अध्यक्षतामा भएको सो कार्यक्रममा जय नारायण लिङथेप लगायतको उपस्थिति रहेको थियो ।

लिम्वु समुदाय भित्रको लिङथेप थरको पहिचान अस्तित्व र इतिहासको खोजी गर्नको लागि वंशावली प्रकाशन गरेको लेखक तथा सम्पादनका संयोजक उत्तम कुमार लिङथेपले वताउनु भयो ।

नेपालका विभिन्न जिल्लामा वसोवास गर्ने लिङथेपहरु २२० घर धुरीको संख्यामा रहेकोमा संखुवासभा नगरपालिकाको वडा नं ७,८ र ९मा बाक्लो रुपमा वसोवार रहेको वंशावली लेखक तथा सम्पादक उत्तम लिङथेपले जानकारी दिनुभयो ।

लिङथेपहरुको पहिलो संस्करण वंशावली भएकोले आधुनिक किसिमको (सोध विधिवाट) तथ्याङ्क तयार गरीनुका साथै लिङथेप वंशवाली भित्र हाडनाता नपरोस कुल कुटुम्व प्रष्ट होस भन्ने उदेश्यले छोरी चेली पट्टीको ज्वाईहरुको नाम थर र वंश समेत छुट्याईएको लिङथेपको भनाई रहेको छ ।

लिङथेपहरु संखुवासभा,धनकुटा,सुनसरी,मोरङ,झापा, इलाम र केही दार्जिलिङमा समेत वसोवास गरेको समितिको अध्ययनले देखाएको छ ।
कार्यक्रममा उदय तुक्वाहाम्फेले वंशावली संकलन र प्रकाशन आफैमा कठिन काम भएको वताए ।

कार्यक्रमको संचालन शशीकुमार लिङथेपले गर्नुभएको थियो भने इन्द्रमान लिङथेपले स्वागत मन्तव्य दिनुभएको थियो ।

FINAL NEWA PHOTO = 4 FINAL NEWS PHOTO = 5 1

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic