सुच्चा राईद्धारा साकेला पर्वको अवसरमा स्वास्थ्य शिविर

  • जेठ ४, २०८२
  • १,९१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठः सुच्चा राई कल्याण समाजले साकेला उभौली पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

राई समुदायभित्रको एक विशेष शाखा किरात सुच्चा राईले पञ्चमी तिथिमा पितृको सम्झनामा थान पूजा गरी धार्मिक विधिअनुसार पर्व मनाउदै सो अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

धरान–११ मा रहेको सुच्चा राई कल्याण समाजको भवन परिसरमा सामूहिक पूजा आयोजना गर्दै आफ्ना सुच्चा पितृलाई सम्झेका थिए ।

सुच्चा राई कल्याणकारी समाजको संयोजनमा तथा धरान सिटी हस्पिटलको प्राविधिक सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।

SUCHA RAI NEWS PHOTO = 2 शिविरमा सुगर, प्रेसर, थाइराइड, बालरोग र स्त्रीरोग सम्बन्धी जाँच तथा निशुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट करिव १सय जनाले स्वास्थ्य सेवाको लाभ लिएका थिए ।

ढुगा र रुखको थानमा ‘होमेबाजे’ ९पुजारी बाजे० द्वारा विधिपूर्वक पूजाआजा गरि २ सय भन्दा बढी कुखुराको बलि दिदै आफ्ना पितृहरुलाई सम्झदै पुजा गरेका हुन् । धरान लगायत विभिन्न जिल्लाका करिब ३ सय ८० जना सुच्चा राई परिवारको उपस्थिति रहेको थियो ।

जमिन्दार र जमिन्दार्नीलाई पुकारेर बाली–नाली सप्रियोस् भनी कामना गर्ने परम्परागत विधिहरू पालना गर्दै आर्शिवाद लिएको समाजका उपाध्यक्ष विनोश राईले जानकारी दिए ।

धरानमा सुच्चा राईका करिब २ सय घरधुरी रहेको छ भने नेपालभर करिब ५ हजार घरपरिवार रहेको समाजका उपाध्यक्ष विनोश राईको भनाई रहेको छ ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्वय रमेश कुमार बस्नेत, र विजय कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन समाजका अध्यक्ष बिनोद राईले संचालन गरेका थिए

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic