लेउती खोलाको बाढीले धरान धनकुटा सडक अवरुद्ध

  • जेठ १७, २०८२
  • ४५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेठः शुक्रवार राति परेको अविरल वर्षाका कारण धनकुटामा लेउती खोलाको बाढीले सडक अवरुद्द भएको छ ।

बिहानदेखि अबिरल परेको बर्षाले जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कोशी लोकमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि आज बिहान ४ः४५ बजेको समयमा सांगुरिगढी गापा ६ कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको छ ।

खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रनानि रमेश प्रधानको कमान्डमा ५ जना र नेपाली सेनाको ५ जना गरि १० जनाको टोलि खटि गई उक्त अवरोध हटाउने कार्य भइरहेको प्रनि श्रेष्ठले बताए ।

त्यसैगरी चौबिसे गापा ४ निर्माणधिन तमोर करिडोर सडक खण्ड अन्तर्गत अबिरल परेको बर्षाको कारण छरुवा खोलमा बाढी आई दुबै तर्फ सवारी साधन आबत–जाबत ठप्प भएको छ ।

सो स्थानमा अल्थायी प्रहरी पोष्ट फलामेटार प्रसनि श्याम परियारको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic