भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस्तान्तरण

  • असार ३, २०८२
  • ४४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेको छ ।

नेपालस्थित भारतीय राजदुतावासद्वारा नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत शनिवार नेपालका सातवटै प्रदेशका ३३ वटा जिल्लाहरुलाई समेट्दै ४० वटा एम्बुलेन्स प्रदान गरेको हो ।

भारत सरकारले स्वास्थ्यका उच्च प्रभाव क्षेत्रको पहिचान गरी, स्वास्थ्य क्षेत्रको सुदृढिकरणमा सहयोग पु¥याउने उद्देश्यले देशका विभिन्न स्वास्थ्य केन्द्र र स्थानीय निकायहरुलाई एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको थियो ।

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कोशी प्रदेशका ४ वटा जिल्लाका स्थानीय निकाय तथा स्वास्थ्य चौकीहरुलाई चार वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।

कनौजियाले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका,तेह्रथुमको म्याग्लुङ नगरपालिकास्थित आमबुङ स्वास्थ्य चौकी, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाको अस्पताल, र सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पताललाई एम्बुलेन्सका चाबी हस्तान्तरण गर्नुभएको थियो ।

चाबी हस्तान्तरण पश्चात वोल्दै प्रभारी अधिकारी मेजर कनौजियाले नेपाल र भारत बीचको सम्बन्ध ऐतिहासिक, साँस्कृतिक, सामाजिक र आर्थिक पक्षमा अत्यन्तै गहिरो र विशेष मित्रवत रहेको बताउनु भयो ।

उहाँले मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने क्रममा भारत सरकारले नेपाललाई प्रदान गरेको आर्थिक र जिन्सी सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले सहयोगको पूर्ण र प्रभावकारीताका साथ सदुपयोग हुने आशा र भरोसा रहेको समेत वताउनुभयो ।

नेपाल र भारत भिन्न भिन्न राष्ट्र भएपनि दुई देश बीचको सम्बन्ध अत्यन्तै गहिरो, आत्मीय र आपसी सम्मानमा आधारित मात्र नभएर दुइवीच रोटी बेटीको सम्बन्ध छ र यो केवल राजनैतिक वा भौगोलिक निकटता नभई आम जनमानसबीचको सम्बन्ध भएको पनि वताउनु भयो ।

आजसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरुलाई ३ सय वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic