भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस्तान्तरण

  • असार ३, २०८२
  • ६०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेको छ ।

नेपालस्थित भारतीय राजदुतावासद्वारा नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत शनिवार नेपालका सातवटै प्रदेशका ३३ वटा जिल्लाहरुलाई समेट्दै ४० वटा एम्बुलेन्स प्रदान गरेको हो ।

भारत सरकारले स्वास्थ्यका उच्च प्रभाव क्षेत्रको पहिचान गरी, स्वास्थ्य क्षेत्रको सुदृढिकरणमा सहयोग पु¥याउने उद्देश्यले देशका विभिन्न स्वास्थ्य केन्द्र र स्थानीय निकायहरुलाई एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको थियो ।

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कोशी प्रदेशका ४ वटा जिल्लाका स्थानीय निकाय तथा स्वास्थ्य चौकीहरुलाई चार वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।

कनौजियाले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका,तेह्रथुमको म्याग्लुङ नगरपालिकास्थित आमबुङ स्वास्थ्य चौकी, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाको अस्पताल, र सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पताललाई एम्बुलेन्सका चाबी हस्तान्तरण गर्नुभएको थियो ।

चाबी हस्तान्तरण पश्चात वोल्दै प्रभारी अधिकारी मेजर कनौजियाले नेपाल र भारत बीचको सम्बन्ध ऐतिहासिक, साँस्कृतिक, सामाजिक र आर्थिक पक्षमा अत्यन्तै गहिरो र विशेष मित्रवत रहेको बताउनु भयो ।

उहाँले मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने क्रममा भारत सरकारले नेपाललाई प्रदान गरेको आर्थिक र जिन्सी सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले सहयोगको पूर्ण र प्रभावकारीताका साथ सदुपयोग हुने आशा र भरोसा रहेको समेत वताउनुभयो ।

नेपाल र भारत भिन्न भिन्न राष्ट्र भएपनि दुई देश बीचको सम्बन्ध अत्यन्तै गहिरो, आत्मीय र आपसी सम्मानमा आधारित मात्र नभएर दुइवीच रोटी बेटीको सम्बन्ध छ र यो केवल राजनैतिक वा भौगोलिक निकटता नभई आम जनमानसबीचको सम्बन्ध भएको पनि वताउनु भयो ।

आजसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरुलाई ३ सय वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic