शिवराज प्यानलको चुनावी प्रतिवद्धताः संघलाई पूर्व कै अव्वल संस्था वनाउने को को छन शविराजको समूहमा

  • असार २५, २०८२
  • ५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असार ःसुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आगामी असार ३० गते हुने चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ ।

शिवराज श्रेष्ठको प्यानलले मंगलवार चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो ।

श्रेष्ठको प्यानलले धरान साथै सुनसी जिल्लाको व्यापार व्यवसायलाई थप चलायमान गराउने प्रतिवद्धता समेत जनाएको छ ।धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ ।

आफ्नो टिमको विजय पश्चात संघलाई पूर्व कै पहिलो र अग्रणी संस्थाको रुपमा पहिचान गराउन लागी पर्ने अध्यक्ष पदका उम्मेद्वार शिवराज श्रेष्ठको भनाई रहेको छ ।

प्रतिवद्धतामा धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल बढाउनको लागि सुरुङ मार्ग आवस्यक भएकाले आफुले उक्त मार्ग बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्ने पत्रकार सम्मेलनमा बताए ।त्यसैगरि कोशीमा बन्ने किमाथांका राजमार्गको एकमात्र ड्राइपोर्ट धरानमा बनाउन पहल गरिने,पर्यटन प्रवद्र्धन गर्न हेलिप्याड निर्माण, धरानको धार्मिक पर्यटन र स्वास्थ्य पर्यटन बढाउने आफ्नो एजेन्डा रहेको रहेको प्रतिवद्धतामा उल्लेख गरीएको छ ।

त्यसैगरि धरानको व्यापारिक इतिहाँसलाई फर्काउनको लागि धरान,इटहरी,इनरुवा,रामधुनी चतरा र बराहक्षेत्रलाई आर्थिक क्षेत्र घोषणाको लागि आवस्यक पहल गरिने,धरान र रामधुनीलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्ने,धरानको कृर्षि वजारलाई नमुना केन्द्रको रुपमा विकास गर्न पहल गर्ने,तिनकुने औद्योगिक क्षेत्रको थप विकास गरि विशेष आर्थिक क्षेत्र बनाउन पहल गरिने,धरानमा स्थायी तथा व्यवसायिक प्रदर्शनी निर्माण गरिने,झन्झटिलो कर नितिलाई बैज्ञानिक कर प्रणालीको विकास गर्न आवस्यक पहल कदमी गरिने लगायतका महत्वकाँक्षी प्रतिवद्धता रहेको उल्लेख छ ।

पत्रकार सम्मेलनमा श्रेष्ठले भने,“उद्योगी व्यवसायीलाई कर सहयोग सेवा, लेखा परीक्षण सेवा, कानुनी परामर्श, बस्तुगत सङ्घहरूको विकास, सूचना सेवा प्राथमिकतामा राखेर विसुद्ध व्यापार व्यवसायीको हितमा काम गर्नेछु। ” व्यापार व्यवसायीलाई व्यवसायिक हितमा काम गर्ने एकमात्र सक्षम टिम भएकाले शिवराज श्रेष्ठको प्यानललाई मतदान गरि विजय गराउन आग्रह गरेका छन् ।

शिवराज श्रेष्ठलाई सुनसरी उद्योग वाणिज्य संघमा पटक पटक नेतृत्वको पदाधिकारीमा रहेर काम गरेको अनुभव रहेकाले सक्षम उम्मेद्धवारको रुपमा हेरिएको छ ।

को को छन शिवराज श्रेष्ठको प्यानलमा ः

शिवराज श्रेष्ठ अध्यक्ष पदका उम्मेद्धवार हुन भने उनको टिमको वाणिज्य तर्फका सदस्यहरु अर्जुन श्रेष्ठ,उपेन्द्र चाम्लिङ,कृष्ण ठाकुर,चन्द्र बहादुर सुवेदी ,सागर प्रसाँई,सीताराम आचार्य, छन् । महिलातर्फ ममता शाक्य रहेका छन् ।

त्यसैगरि उद्योगतर्फ उमेश अग्रवाल,खड्ग बहादुर वस्नेत (राजु) र शिवानन्द साह छन् । एसोसिएट तर्फ राजु साह र राजेश अग्रवाल रहेका छन् ।

संघको निर्वाचनका लागि २ हजार ९०४ जनाले मतदान गर्दैछन् ।

संघको निर्वाचनमा सवैभन्दा वढी धरानमा मतदाता रहेकाछन् भने अन्य स्थानमा कम मतादाता रहेकाछन् । २९ सय मतदाता मध्ये धरानमा २२ सय मतदाता रहेकाछन् । धरानमा जसले वढी मत संचित गर्न सक्छ उसैले निर्वाचनमा वाजी मार्न सक्छ ।

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic