रोशनको उपचारका लागि सिद्धिकी दाजुभाइको सहयोग

  • साउन ५, २०८२
  • ३,०८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि १३ हजार सहयोग गर्नुभएको छ ।

धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो ।

मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छाको र भीम राई मार्फत राखेको बताए ।

धरानमा मुस्लिम युवाहरुका बिच अगुवा तथा सामाजिक काम गरिरहेका इम्तियाज सिद्धिकीले जानकारी दिनुभयो ।

भीम दाइले हामी धरानमा रहेर सिलाइ कटाई तथा टेलरिङ क्षेत्रमा काम गर्ने मुस्लिम युवाहरुलाई समेत संगठित गर्नु भएकाले उहाँको अभियानमा हामीले साथ दिएको सिद्धिकीले बताउनुभयो ।

दाउरा बेचेर श्रीमति र एक छोरीको भरणपोषण गरिहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि घरमै ओछ्यान परेकाछन् । राईलाई आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा सञ्जीव शर्माले निवासमै चेकजाँच गर्नुभएको थियो । डा। शर्माले राईको पेटमा धेरै पानी जमिसकेकाले चारदिन पछि अस्पतालमै भर्ना गरेर पानी झिक्नुपर्ने सुझाउनु भएको छ ।

राईको कलेजो फेर्नु पर्ने अवस्था रहेको र करिव १५ देखि २० लाख खर्चहुने चिकित्सकहरुको सल्लाह रहेको छ । तर, उनको परिवार त्यत्रो रकम खर्च गर्न सक्ने अवस्थामा छैनन । बिहानबेलुकी घर चलाउन समेत समस्या भइरहेको उनकी श्रीमति शान्ति तामाङले बताउनुभयो ।

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले पहल गरिरहनु भएको छ ।

इच्छुकहरुले बिरामीको उपचारमा सहयोग गर्न चाहेमा बिरामीकी श्रीमति शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic