कुलुङ जातिको दस्तावेज ‘कुलु रिदुम्’ धरानमा

  • साउन १८, २०८२
  • ७,४३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनः जनजातिमा समावेश हुनका लागि संघर्ष गरीरहेको समुदाय कुलुङ जातिले आफ्नौ मौलिक परम्परा र संस्कार संस्कृतिमा आधारीत पुस्तक प्रकाशन गरेको छ ।

धरानमा शनिवार एक कार्यक्रमकावीच कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सम्पूर्ण विवरण समेटिएको पुस्तक ‘कुलु रिदुम्’ विमोचन गरिएको छ।

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रिय कार्यालय धरान–५ स्थित देवीगाउँमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पुस्तक विमोचन गरेका हुन्।

संघका महासचिव दिपेन्द्र कुलुङले दिएको जानकारी अनुसार पुस्तकमा कुलुङ जातिको इतिहास, पुर्खा, मातृभाषा, भेषभूषा, परम्परागत ज्ञान, गीत–संगीत, धामी–झाँक्री परम्परा, देवी–देवतासँगको सम्बन्ध, विवाहका विधि तथा मृत्यु संस्कार लगायत सम्पूर्ण जीवन पद्दति समेटिएको छ।

‘कुलु रिदुम्– कुलुङहरुको वेद–महासचिव दिपेन्द्र

महासचिव दिपेन्द्र कुलुङले हिन्दूको वेद, इसाईको बाइबल भएजस्तै अब कुलुङ जातिको पनि आफ्नै ‘कुलु रिदुम्’ भन्ने ग्रन्थ जन्मिएको यो ऐतिहासिक क्षण भएको वताएकाछन् । दिपेन्द्रले कुलुङ समुदायमा पुस्तौँदेखिको मौलिक परम्परा अब लिखित दस्तावेजका रूपमा स्थापित भएकोमा खुशीका साथै गर्व लागेको प्रतिक्रिया दिएकाछन् ।

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता प्रेमचन्द्र कुलुङ ‘सम्फोरु’ले कुलुङ धर्म, संस्कृति र परम्परालाई यथार्थ र वैज्ञानिक ढंगले प्रस्तुत गरेका छन्।

निजामती सेवा अन्तर्गत कार्यरत सम्फोरुले विसं २०७९ देखि २०८० सम्म सिलिचोङ, सेलेवा, नागिरे, वैदाङ, मोप, भैरुङ लगायतका स्थानमा रहेका कुलुङ समुदायका धामी–झाँक्री (खूलू) हरूसँग अन्तर्वार्ता, तथ्य संकलन र अध्ययनमार्फत पुस्तक तयार पारेका हुन्।

त्यसैगरी, कुलुङ जातिको उत्पत्ति स्थल महाकुलुङ क्षेत्रका ऐतिहासिक चार पुर्खा — राताप्खू, खप्दूलू, ताम्सी र छेम्सी बसोबास गरेका भू–भागको समेत अध्ययन गरी पुस्तकमा समेटिएको छ।

पुस्तक निर्माणमा संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic