कोशीका मन्त्रीले खोसे सचिवको गाडी

  • भदौ १६, २०८२
  • ४,१७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले मन्त्रालयका सचिवको गाडीको चावी खोसेकाछन् ।

मन्त्री हाङगामले सोमबार मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन् ।

मन्त्री हाङगाम यस अघि पनि विभिन्न विवादमा मुछिदै आएका छन् ।

मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी चुलिदै आएको छ ।

सचिव पाण्डे को १ झ ६७९ नम्बरको गाडी चढेर सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए ।

छलफल सकेर फर्कन खोज्दा आफू चढेर आएको गाडी नदेखेपछि खोजी गरेका थिए । त्यसवेला मात्र उनले मन्त्रीले गाडी लगेको थाहा पाएका थिए ।

मन्त्री हाङगामले सचिव पाण्डेले असहयोग गरेको भन्दै गाडी नै खोसेका हुन् ।

चालकलाई सम्पर्क गर्न खोज्दा फोन ‘स्विच अफ’ थियो । पछि बुझ्दा मन्त्रीकै निर्देशनमा गाडीको चाबी खोसिएको थाहा पाएको सचिव डा पाण्डेको भनाई रहेको छ ।

सचिव पाण्डे मोटरसाइकल चढेर मन्त्रालय फर्किन बाध्य भएका थिए । पाण्डेले यो घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराएका थिए ।

मन्त्री र सचिवबीचको द्वन्द्व करारका चालक हटाएर आफ्ना मान्छे नियुक्त गर्ने प्रयासदेखि सचिवालयका कर्मचारीको दैनिक भ्रमण भत्तालगायतसँग जोडिएको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री हाङगामले आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मन्त्रालयमा कार्यरत रहेका कार्यालय सहयोगी र सवारी चालक गरेर १० जनालाई हटाउन सचिव पाण्डेलाई लामो समयदेखि दबाब दिइरहेका थिए ।

तर, मन्त्रीको दबाबलाई सचिव पाण्डेले अस्वीकार गरिरहे । त्यस्तै, आफ्नो सचिवालयका कर्मचारीको असारको दैनिक भ्रमण भत्ताको विवरण अहिले पेस गरेर भुक्तानी मागेको आरोप पनि हाङगाममाथि लागेको छ ।

पुरानो आर्थिक वर्षको भुक्तानी अहिले गर्न नमिल्ने भनेर सचिव पाण्डले अस्वीकार गरेपछि उनीसँग मन्त्री हाङगाम झन् क्रुद्ध बनेका छन् ।

साथै, अनआवश्यक रुपमा इन्धनको भुक्तानी माग्ने गरेको आरोप पनि मन्त्री हाङगाममाथि लागेको छ । मन्त्री हाङगामले दिने गरेको अनुचित दबाब अस्वीकार गरेका कारण सचिव चढ्ने गाडीको चाबी नै खोसिदिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

‘मन्त्रीले लामो समयदेखि अनआवश्यक र अनुचित दबाब दिइरहेका छन् । तर, सचिवले अस्वीकार गर्ने गरेका कारण सम्बन्ध चिसिएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार यसअघि पनि झापामा भएको कर्मचारी विवादमा दुवैबीच असमझदारी देखिएको थियो ।

मन्त्रालयबाट पाण्डेको सरुवा भएको थियो । तर, मन्त्रिपरिषद्ले थमौती गरेपछि मन्त्री हाङगाम चिढिएका थिए । त्यही झोंक र विगतका विभिन्न विवादकै कारण उनले सचिवको गाडीको चाबी खोसेको कर्मचारीहरूको आरोप छ ।

मन्त्री हाङगाम यसअघि पनि पटक–पटक विवादमा तानिएका छन् । गत जेठमा बजेट निर्माणमा आफूलाई ‘बाईपास’ गरेको भन्दै सचिव र महाशाखा प्रमुखलाई भौतिक कारबाही गर्ने धम्की उनले दिएका थिए ।

गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेमाथि समेत उनले कुटपिट गरेका थिए ।

सचिव डा पाण्डेले मन्त्री र आफूवीच कुनै विवाद नभएको वताएकाछन् । पाण्डेका अनुसार मन्त्री हाङगामले मन्त्रालयमा भएका अरु सरकारी गाडी पनि चढ्न नदिनु भनेर निर्देशन दिएको पाइएको छ ।

यस विषयमा बुझ्न खोज्दा मन्त्री हाङगाम सम्पर्कमा आउन चाहेनन् । बारम्बार गरेको फोन उनले उठाएनन् ।

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic