वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम्मानित

  • कार्तिक १६, २०८२
  • १,६८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ ।

क्षेत्रीय कार्यालय धरानमा शनिवार आयोजित १० औं साधारण सभका अवसरमा समाजले सो सम्मान गरेको हो ।

WALAHAN NEWS PHOTO =2 सम्मानित हुनेहरुमा समाजका सदस्य बराहक्षेत्र नगरपालिका वडा नं. १ झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई,इटहरी–१९ का भानुभक्त वालाहाङ राई र चेली सदस्य बराहक्षेत्र नगरपालिका वडा नं.१ लालवस्तिकी देवीमाया राई रहेकाछन् ।

संस्थाले आयोजना गरेको आन्तरीक वचत कारोवारमा उत्कृष्ठ कारोवार गरेको भन्दै उनीहरुलाई सम्मान गरीएको समाजका सचिव कृपाल सिंह वालाहाङ राईले वताउनु भयो ।

उत्कष्ठ कार्य गर्नको लागि अरुलाई पनि प्रोत्साहन होस भन्ने उदेश्यले जनही ५ हजारका दरले नगद सहित सम्मान पत्रले सम्मान गरीएको सचिव राईले वताउनु भयो ।

समाजको केन्द्रीय कार्यालय भोजपुरमा भएपनि सवैलाई सहज हुने भएकोले धरानमा आयोजना गरीएको सचिव राईको भनाई रहेको छ ।

शेर बहादुर वालाहाङ राईको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि मान बहादुर खाम्लुङ रहेका थिए ।

 

 

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic