‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

  • कार्तिक २३, २०८२
  • ४,५६८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी गराएको हो ।

मंसिर ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७स्थित एन्फा एकेडेमीमा हुनेछ ।

आयोजक सुनाखरी एकेडेमीका प्राचार्य मिलन राईले प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए । सहभागी टिमहरु पहिलो आउने आधारमा छनोट गरीने छ ।

पत्रकार सम्ेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका २ टिमले ५÷५ हजार सहित प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५सयको दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याचको पुरस्कार १ हजार रुपैयाँ राखिएको जानकारी दिइएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा)का कोशी प्रदेश अध्यक्ष किशोर राईले विद्यालय तहबाटै फुटबल खेल प्रवद्धन गरी भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सराहनीय रहेको बताए ।

कुनैपनि खेलको ग्राउण्ड वेस भनेको नै स्कुल भएको वताउदै स्कुलबाटै उत्पादन भएका खेलाडीहरूले विश्व कीर्तिमान बनाएको वताए । उनले युवाहरू तयार भए मात्र विश्वकप जित्न सकिने र अब पालो नयाँ पुस्ताको भएको दावी समेत गरेकाछन् ।

प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले घरमै मोवाइल चलाएर वस्ने विद्यार्थीलाई खेलकुदले सही बाटोमा ल्याउने गरेको दावी गरे ।
प्रतियोगिता एन्फा एकेडेमी धरान र जिल्ला फुटबल सङ्घ सुनसरीको प्राविधिक सहयोगमा, तथा प्यावसन र एनब्यावसन धरानको संयोजनमा सञ्चालन हुनेछ ।

सुनाखरी एकेडेमीका निर्देशक प्रदीप राई, एन्फा सुनसरीका अध्यक्ष नवीन राई लगायतको उपस्थिति थियो । प्रतियोगितालाई निरन्तरता दिदै जाने पनि प्राचार्य राईले वताए । सुनसरी एकेडेमीमा एन्फा टेक्निकल एकेडेमीमा फुटवल प्रशिक्षण लिईरहेका खेलाडीहरु पढने गरेकाछन् ।

 

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic