‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

  • कार्तिक २३, २०८२
  • १,६४० पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी गराएको हो ।

मंसिर ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७स्थित एन्फा एकेडेमीमा हुनेछ ।

आयोजक सुनाखरी एकेडेमीका प्राचार्य मिलन राईले प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए । सहभागी टिमहरु पहिलो आउने आधारमा छनोट गरीने छ ।

पत्रकार सम्ेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका २ टिमले ५÷५ हजार सहित प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५सयको दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याचको पुरस्कार १ हजार रुपैयाँ राखिएको जानकारी दिइएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा)का कोशी प्रदेश अध्यक्ष किशोर राईले विद्यालय तहबाटै फुटबल खेल प्रवद्धन गरी भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सराहनीय रहेको बताए ।

कुनैपनि खेलको ग्राउण्ड वेस भनेको नै स्कुल भएको वताउदै स्कुलबाटै उत्पादन भएका खेलाडीहरूले विश्व कीर्तिमान बनाएको वताए । उनले युवाहरू तयार भए मात्र विश्वकप जित्न सकिने र अब पालो नयाँ पुस्ताको भएको दावी समेत गरेकाछन् ।

प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले घरमै मोवाइल चलाएर वस्ने विद्यार्थीलाई खेलकुदले सही बाटोमा ल्याउने गरेको दावी गरे ।
प्रतियोगिता एन्फा एकेडेमी धरान र जिल्ला फुटबल सङ्घ सुनसरीको प्राविधिक सहयोगमा, तथा प्यावसन र एनब्यावसन धरानको संयोजनमा सञ्चालन हुनेछ ।

सुनाखरी एकेडेमीका निर्देशक प्रदीप राई, एन्फा सुनसरीका अध्यक्ष नवीन राई लगायतको उपस्थिति थियो । प्रतियोगितालाई निरन्तरता दिदै जाने पनि प्राचार्य राईले वताए । सुनसरी एकेडेमीमा एन्फा टेक्निकल एकेडेमीमा फुटवल प्रशिक्षण लिईरहेका खेलाडीहरु पढने गरेकाछन् ।

 

 

हिबिस्कस बोर्डिङका विद्यार्थी ढुङ्गेपार्कमा

छाल खवर धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्र ...

हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

छाल खवर धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आ ...

देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वा

छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? ...

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic