हिबिस्कस बोर्डिङका विद्यार्थी ढुङ्गेपार्कमा

  • कार्तिक २९, २०८२
  • १,४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्रत्येक शुक्रवार पुस्तव रहित कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

शुक्रवार विद्यार्थीलाई कितावि ज्ञानका अतिरिक्त विद्या दिने उदेश्यले संचालन गर्दै आएको सो कार्यक्रम गत शुक्रवार पनि निरन्तरता दिएको छ ।

स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेपार्कको अवलोकन गरेका थिए ।

विद्यार्थीहरुले पार्कमा कुदेर राखेको ढुङ्गामा कुदिएका गौतम बुद्ध,डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रिति राई, कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुको अवलोकन गरेका थिए ।

विद्यार्थीहरुलाई वडा नं.४ का वडाध्यक्ष धनबहादुर राईले पार्कको विशेषता तथा महत्वबारे जानकारी दिएका थिए ।

वडा अध्यक्ष राईका अनुसार उक्त पार्क निर्माणमा वडा, उपमहानगरपालिका वा सरकारी खर्च नगरी देस–बिदेसमा रहेका विभिन्न दाताहरुको सहयोग र मुर्तिकारहरुको श्रमदानमा पार्क निर्माण भएको हो।

HIBISCUS NEWS PHOTO HIBISCUS NWES PHOTO = 3 स्कुलका निर्देसक गङ्गाराम कुलुङले सामाजिक शिक्षामा समेत स्थानीय स्तरमा भएका ऐतिहासिक, पुरातात्त्विक महत्वले भरिएका सम्पदाहरुको भ्रमण गराई व्यवहारिक ज्ञान दिनुपर्ने भएकाले बिद्यार्थीहरुलाई पार्कको भ्रमण गराईएको बताए ।

छात्रा आस्था उदासले पार्कको भ्रमण गर्दा देसका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुको चित्र कुदिएको देखेर धेरै राम्रो लागेको अनुभव सुनाईन।

त्यस्तै अर्का छात्रा प्रियंका तामाङ्ले पार्क घुमिसके पछि ढुङ्गै ढुङ्गाबाट पनि यति राम्रो र कलात्मक पार्क निर्माण हुदोरहेछ भन्ने आफुलाई थाहा भएको बताईन।

समाजमा भएका सवै कुराहरुको जानकारी दिने उदेश्यले विद्यार्थीहरुलाई शुक्रवारका दिन केही न केही फरकपना दिदै आएको स्कुलमा निर्देशक गंगाराम राईको भनाई रहेको छ । स्कुलले यसवर्षदेखि हरेक शुक्रलाई पुस्तक रहित कक्षाको रुपमा संचालन गर्दै आएको छ ।

HIBISCUS NWES PHOOT = 666 HIBISCUS SCHOOL NEWS PHOTO HIBISCUS NEWS PHOTO = 6666 NWES PHOTO

 

हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

छाल खवर धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आ ...

‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

छाल खवर धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरा ...

देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वा

छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? ...

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic