रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयोग

  • फागुन १२, २०८२
  • २१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५÷२५ जना नानीहरूलाई रोटरी क्लब अफ धरान घोपाले धरान–१५ बगरकोटस्थित सिलाम साक्मा बालविकास केन्द्र र जनजागरण बालबिकास केन्द्र धरान २० देवीगाउको बालविकास केन्द्रका बालबालिकालाई मङ्गलबार विद्यालय झोला, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ। 

विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन ।

क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो।

कार्यक्रममा क्लबका अध्यक्ष ताम्राकारले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

ROTARY NEWS FINAL PHOTO उहाँले विगतदेखि नै क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा अध्यक्ष ताम्रकारले हरेक वर्ष विभिन्न विद्यालय तथा बालविकास केन्द्रको आवश्यकता पहिचान गरी सोही अनुसार आवश्यक सामग्री सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
क्लबको यस सहयोगले बालबालिकाको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

बालविकास केन्द्र परिसरमै आयोजित कार्यक्रममा क्लबका अध्यक्ष इश्वर ताम्रकार,भाईस प्रेसिडेन्ट नबिन तामाङ, निवर्तमान अध्यक्ष गौरबमान श्रेष्ठ, पास्ट प्रेसिडेन्ट तथा मितेरी बैंकका अध्यक्ष किशन मास्के लगायतले बालबालिकाहरुलाई विद्यालय झोला, कापी, पेन्सिल, इरेजर, बलसहित विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।

सिलाम साक्मा बालविकास केन्द्रका अध्यक्ष रत्न नेम्वाङले क्लबप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले नानीहरूको पढाइप्रति उत्साह बढ्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय अभिभावकहरूले समेत सामाजिक संस्थाहरूको सक्रियताले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन्।

रोटरी क्लव अफ धरान घोषाले समुदायमुखी कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic