छाल खवर
धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नसर्ने रोगहरु,पोषण तथा स्वस्थ खानपान सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ९म्ँऋत्तऋ०, विराटनगरको सहयोगमा आयोजित उक्त कार्यक्रममा विभागका अधिकृत विक्रम लिम्बु तथा फुड टेक्नोलोजिस्ट गणेश उपाध्याय ले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई नसर्ने रोग के हुन्, तिनका प्रमुख कारणहरू, जोखिम कारक तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रस्तुत जानकारी अनुसार नसर्ने रोगहरू जस्तै मुटुरोग, क्यान्सर, मधुमेह तथा श्वासप्रश्वास सम्बन्धी रोगहरू विश्वव्यापी रूपमा मृत्युका प्रमुख कारणका रूपमा रहेका छन्। नेपालमा समेत कुल मृत्युको करिब ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको तथ्य प्रस्तुत गरिएको थियो।
सहजीकर्ताहरूले अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, धुम्रपान तथा मदिरा सेवनजस्ता व्यवहारिक कारणहरूले यस्ता रोगको जोखिम बढाउने बताउनुभयो। साथै उच्च रक्तचाप, मोटोपना, रगतमा चिनी तथा बोसोको मात्रा बढ्नुजस्ता शारीरिक अवस्थाहरू पनि प्रमुख जोखिमका रूपमा उल्लेख गरियो।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic