गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

  • चैत ३, २०८२
  • १,९२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । सानो ठाउँमा लगाउँदा पनि परिवारको आवश्यकता पूर्ति गर्न सजिलै सकिन्छ ।

कुन कुन समस्यामा काम गर्छ यसले ?

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।
– पुदिना, तुलसी, अदुवा र मरिचलाई बराबर मात्रामा मिसाएर पानीमा राम्रोसँग उमालेर त्यसको रस नियमित सेवन गर्दा ग्यास्ट्रिकको समस्या जरैदेखि निर्मूल हुन्छ ।
– पुदिनाको पातको धुलोलाई चिनीसँग मिसाएर खाए पेट दुख्ने समस्यामा राहत मिल्छ ।
– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।
– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।
– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।
– यसको सेवनले गर्मीको समयमा तराई क्षेत्रमा लाग्ने लू बाट पनि जोगिन सकिन्छ ।
– शरीरमा घाउ भएमा पुदिनाको पत्ता राम्रो पिसेर लेप बनाई लगाउँदा छिटो निको हुन्छ ।
– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै अनुहार चम्किलो पनि हुन्छ ।
– साना बालबालिकालाई गर्मीका कारण झाडापखाला लागेमा पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुईरदुई चम्चा खुवाउँदा झाडापखाला निको हुन्छ ।
– पुदिना पिसेर अचार बनाई नियमित खाँदा पेटका धेरै समस्या समाधान हुन्छ ।
पुदिनाको २०(२५ वटा पात, मिश्री १० ग्राम, सुप १० ग्राम र मरिचको २(३ दाना मिसाएर राम्रोसँग पिस्ने र त्यसको रस निकालेर मनतातो पानीसँग पिउँदा हिक्का छुट्न बन्द हुन्छ ।
पुदिनाको ताजा पातलाई पिसेर अनुहारमा लगाई बीस मिनेटपछि चिसो पानीले अनुहार धुँदा छालाको गर्मी हट्छ र अनुहारमा निखार आउँछ । यसैगरी पुदिनाको लेपमा कागतीको रस मिलाएर यही प्रक्रिया दोहोर्‍याउँदा अनुहारमा भएका दागधब्बा एवं डन्डीफोर हट्नुका साथै चमक समेत बढ्छ ।
पुदिनाको ताजा पात मिचेर सुघाउँदा मूच्र्छा हट्छ । पुदिना र सुठोको क्वाथ बनाएर पिउँदा सर्दी लागेर आएको जरो हट्छ ।
मुखको छाला गएको तथा दाँत दुखेको अवस्थामा पुदिनाको पातलाई पानीमा केही बेर उमालेर उक्त पानी सेलाएपछि त्यसले कुल्ला गर्दा आराम मिल्छ ।
पुदिनाले सास गन्हाउने समस्यामा लाभदायी हुन्छ तथा यसले मुखको कुनै पनि दुर्गन्ध नाश गर्छ । ताजा पात नपाइएको अवस्थामा त्यसको ठाँड तथा सुकेका पातलाई पनि प्रयोग गर्न सकिन्छ ।
पुदिनाबाट बनाइएको पिपरमेन्टले उल्टीसमेत रोक्छ । लो ब्लड प्रेसर तथा मुटुको कमजोरी हटाउन पनि यसले सहयोग गर्छ ।
यी बाहेक पनि पुदिनाका थुप्रै फाइदा छन् । आयुर्वेदले पनि पुदिनालाई औषधीय बुटीका रूपमा स्वीकार गरेको छ ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic