उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा राजेन्द्र

  • चैत २३, २०८२
  • १४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ चैत्र ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएकाछन् ।
आइतवार विराटनगरमा भएको निर्वाचनमा राउत दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन ।

राउतले १४२ मत प्राप्त गरी निर्वाचित हुदा निकटतम प्रतिद्धन्द्धी नविन रिजालले भने ५८ मत पाएका थिए ।
अध्यक्षबाहेक ४ जना पदाधिकारी र एसोसिएट्स सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

शिवम् अर्गनाइजेसनका अध्यक्ष राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् । उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ । उनीसँग प्रतिस्पर्धामा होमिएका रिजाल महासंघका केन्द्रीय सदस्य हुन् ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भए । निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका हुन् ।

एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।
जिल्ला–नगरबाट सदस्यमा जयप्रकाश शर्मा,कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।

 

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

प्राइम भिजनका विद्यार्थीद्वारा ‘नेशनल कुलिनरी च्या

छाल खवर धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट ...

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic