छाल खवर
धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात पार्न सफल वनेकाछन् । लिम्वूले ७.५ किलो मिटर दुरी २५ मिनेट २६ सेकेण्डमा पार गर्दै उपाधी हात पार्न सफल वनेका हुन ।
उनले नगद ५ हजार मेडल प्रमाण–पत्र पाएकाछन भने सन्तोष सिजुले दोस्रो स्थान ल्याउन सफल वनेका छन उनले नगद ३ हजार मेडल प्रमाण–पत्र हात पारे । इन्द्रजंग लिम्बू तेस्रो हुन सफल वनेका थिए उनले नगद २हजार मेडल प्रमाण–पत्र हात पारे ।
यता खुला महिलातर्फ मन्दिरा हाताछोले ३४ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। उनले नगद ५ हजार हात पारेकी छिन । यता सिलु राईले दोस्रो स्थान सुरिक्षत गरेकी छिन उनले ३ हजार नगद र मेडल प्रमाण–पत्र हात पारेकी छिन । उता लक्ष्मी राईले तेस्रो स्थानमा ल्याइन उनले नगद हिन्। उनले २ हजार मेडल प्रमाण–पत्र ल्याउन सफल भए ।
भेट्रान पुरुषतर्फ भेट्रान पुरुष विधामा बिजय कुमार राई पहिलो, रोशन लिम्बू दोस्रो र विमान सिंह तामाङ तेस्रो स्थानमा ल्याउन सफल भए। उनीहरूले नगद ३ हजार २ हजार र १ हजार मेडल प्रमाण–पत्र हात पारेका छन्र ।
भेट्रान महिलातर्फ जमुना लिम्बूले ४१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन भने कुसुम लिम्बू दोस्रो र काव्यिता तामाङ तेस्रो स्थानमा रहिन् उनीहरूले ३,२ र १ हजार मेडल प्रमाण–पत्र हात पारेकाछन्र ।
यता अन्डर–१२ विधातर्फ पञ्च बहादुर राईलाइ गाउपालिका अध्यक्ष सुमन मिरीङचिङ मगरले २ हजार प्रदान गरेका थिए ।
विजयी खेलाडीहरूलाई गाउँ पालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार, मेडल तथा प्रमाण–पत्र प्रदान गरेका थिए ।
अध्यक्ष मगरले प्रतियोगिताले खेलकुद क्षेत्रकाे विकास मात्र नभएर युवालाइ दुव्यसनबाट मुक्त गराउन विशेष भूमिका खेल्ने वताए । उनले आगामी दिनमा पनि सहयाेगकाे निरन्तरता दिदै वृद्दी गर्ने समेत वताए ।
प्रतियोगितामा खुल्ला,भेट्रान र महिला गरी तीन विधामा प्रतियोगिता आयोजना गरीएको थियो ।
प्रतियोगिता गोरखा सेमी ट्रिज नेपालको आयोजनामा सम्पन्न भएको हो।
आयोजक समितिका अध्यक्ष महेन्द्र राइले कार्यक्रमले खेलकुदको विकाससँगै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic