छाल खवर
धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान राउण्ड टेवल २६ ले धरानमा फुटसलको अयाोजना गर्ने भएको छ ।
धरानमा खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै “राउण्ड टेबल फुटसल आयोजना गर्न लागेको हो ।
आयोजकले विहिवार साझ पत्रकार सम्मेलनको आयोजना गरी फुृटसलको वारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमार्फत खेल तालिका समेत सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा बैंक तथा कर्पोरेट क्षेत्रका ८ टिम सहभागी हुने अध्यक्ष सुमित अग्रवालले जानकारी दिए ।
अध्यक्ष अग्रवालले दिएको जानकारी अनुसार प्रतियोगिताका विजेताले ४१ हजार रुपैयाँ नगद सहित गिफ्ट भौचर प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार रुपैयाँ नगदसहित फुड तथा गिफ्ट भौचर प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन प्रति टिम १५ हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सहभागी टोलीहरूमा प्रभु बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, म्याग्नस फर्मा प्रा.लि, एनआईसी एसिया बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड रहेका छन्।
‘शिक्षा मार्फत स्वतन्त्रता’ भन्ने मूल नारासहित आयोजना गरिएको यस दातृभावयुक्त प्रतियोगिताबाट संकलित रकम धरानका सामुदायिक विद्यालयहरू—संयक शिक्षा आधारभूत विद्यालय, अनन्तज्योति आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय र सिलामसाक्मा बाल विकास केन्द्रको भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण सुधारमा खर्च गरिने आयोजकले जनाएको छ।
यस अघि पनि राउण्ड टेवलले सामुदाियक विद्यालयहरुमा भौतिक पूर्वाधार साथै विभिन्न सहयोग गर्दै आएको छ ।
प्रतियोगिता भोलि (शनिबार) बिहान ८ बजेदेखि धरान–१६ स्थित बिग गोर्खा फुटसल मैदानमा हुनेछ। प्रतियोगितामा प्रत्येक खेल १५–१५ मिनेटको हुनेछ भने एक टोलीमा १० खेलाडी रहने र ५ खेलाडी मैदानमा उत्रने व्यवस्था गरिएकोअग्रवालले जानकारी दिए ।
प्रतियोगिताको विशेष आकर्षणका रूपमा मुख्य खेलअघि सहयोग प्राप्त विद्यालयका छात्र–छात्राबीच मैत्रीपूर्ण खेल पनि आयोजना गरिनेछ। विशेषगरी छात्राहरूलाई प्रोत्साहन गर्न १२ जना बालिकाको सहभागितामा विशेष खेल हुने आयोजकले जनाएको छ।
राउण्ड टेवलका पूर्व अध्यक्ष लक्ष्मी कान्त (एल .के) विहानीले विगत एक दशकदेखि संस्थाले सरकारी विद्यालयहरूको पूर्वाधार सुधारमा निरन्तर काम गर्दै आएको जानकारी दिएकाछन् ।
फुटसल प्रतियोगिताले खेलकुदसँगै सामाजिक सेवाको सन्देश प्रवाह गर्दै कर्पोरेट क्षेत्रबीच सहकार्य र सहयोगको भावना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगिताका लागि विभिन्न व्यवसायिक फर्म वा कम्पनीहरुले सहयोग गरेकाछन् । प्रतियोगितामा ७ लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic