हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

  • जेठ १३, २०८३
  • १९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेकाछन् ।

केही दिन अघि स्कुलमा सम्पन्न हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेनका लागि भएको निर्वाचनमा निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

HIBISCUS SCHOOL NEWS PHOTO = 2 स्कुलका शिक्षक नयनराज राईले निर्वाचित विद्यार्थीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

उनीहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, स्कुलका प्रेस संयोजक भोला श्रेष्ठ स्कुलका सहायक प्रिन्सिपल विजयसिं थेवे लगायतले दज्र्यानी चिन्ह तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

निर्वाचनबाट पहेलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता तथा उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रातो हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन्।

हरीयो हाउस क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्पा निर्वाचित हुँदा निलो हाउस क्याप्टेनमा मिशन राई र उपक्याप्टेनमा रेश्मा तामाङ चयन भएका छन्।

त्यसैगरी विद्यालयस्तरीय नेतृत्वतर्फ स्कुल क्याप्टेनमा प्रज्ञान राई तथा उपक्याप्टेनमा आयुष श्रेष्ठ निर्वाचित भएका छन्।

विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित तथा नेतृत्वदायी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको स्कुलका निर्देशक गंगाराम राईले बताए।

निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विजयी विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

 

 

 

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic