आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

  • जेठ १५, २०८३
  • ६७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट्रेलरेस २०८३को उपाधि लेटाङका विक्रम लिम्वुले हात पारेकाछन् ।

आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै लिम्वुले सो उपाधि हात पार्न सफल वनेका हुन ।

लिम्वूले नगद १२ हजार मेडल र प्रमाण पत्र हात पार्न सफल भएकाछन भने आमचोक गाउँपालिकाका दीपक राई दोस्रो हुँदै नगद ७ हजार मेडल प्रमाण पत्र हात पारेकाछन् ।

यता प्रतियोगितामा नारायण बिष्ट तेस्रो हुँदै नगद ५ हजार मेडल प्रमाण–पत्र प्राप्त गरे।

खुला महिलातर्फ रामप्रसाद राई गाउँपालिका, बासिखोराकी रुष्मा राई प्रथम स्थान ल्याउन सफल वनेकी छिन् उनले नगद १२ हजार मेडल प्रमाण पत्र हात पारेकीछिन् ।

त्यसैगरी आमचोक गाउँपालिकाकी पासाङ दिकी शेर्पाले दोस्रो स्थान हासिल गर्दै नगद ७ हजार मेडल र प्रमाण पत्र प्राप्त गरिन् भने कल्पना राई तेस्रो हुँदै नगद ५ हजार मेडल प्रमात्र पत्र पुरस्कार प्राप्त गर्न सफल भइन्।

यता १५ वर्षमुनि महिलातर्फ रामप्रसाद राई गाउँपालिका, बासिखोराकी करिना राई प्रथम भइन्। उनले नगद ३ हजार पुरस्कार प्राप्त गर्न सफल बनिन । रजिना राई दोस्रो तथा आस्था राई तेस्रो हुँदै क्रमशः नगद २ हजार र नगद १ हजार पुरस्कार प्राप्त गर्न सफल भए।

त्यसैगरी १५ वर्षमुनि पुरुषतर्फ सफल राई प्रथम हुँदै नगद ३ हजार पुरस्कार जित्न सफल भए। ओशन राई दोस्रो तथा बिधिहाङ राई तेस्रो हुँदै क्रमशः नगद २ हजार र नगद १ हजार पुरस्कार प्राप्त गर्न सफल भए ।

आमचोक गाउँपालिकाको पर्यटन प्रवर्द्धन, खेल विकास तथा विभिन्न युद्धमा सहिद भएका वीर गोर्खालीहरूको सम्मान र सम्झनामा “प्रथम आमचोक गोरखा ट्रेलरेस २०८३” आयोजना आयोजक संस्थाका अध्यक्ष महेन्द्र राईले बताए ।

गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पुरस्कृत भएका छन्।

प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धनसँगै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक सन्देश दिएको आयोजक गोर्खा सेमीट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताएकाछन् ।

प्रतियोगिताको उद्ुघाटन आमचोक गाउपालिका २ नं वडाका वडाध्यक्ष नेत्र बहादुर खत्रीले गरेका थिए । विजेताहरुलाई वडा खत्री लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic