धरानका आगलागी पीडितलाई आर्थिक सहयोग

  • जेठ २६, २०७७
  • ९८ पटक पढिएको
  • छाल खबर

धरान, २६ जेठ

धरान,२६ जेष्ठः धरान १५का दुई आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरीएको छ ।
गत विहीबार धरान १५ का नरबहादुर श्रेष्ठको घरमा आगलागी हुदा घर भाडामा बस्ने मजदुरी गर्ने परिवार र विद्यार्थीलाई स्थानीयहरुले रकम जुटाएर आर्थिक सहयोग गरेका हुन ।
मजदुरी गरेर परिवार पाल्दै आएका ३० बर्षीय सुरेश लिम्बुको परिवार र पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा अध्ययनरत विद्यार्थी मधुमला चौधरीलाई १ सय ७८ जनाबाट उठेको रकम ५० हजार ५ सय सहयोग गरेका हुन् ।
लिम्बुकी श्रीमति सीता लिम्बुले गास बास नै उठेको बेला स्थानीयहरुको सक्रियताले सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएकी थिइन ।
लिम्बुका परिवारलाई करिब १५ हजार बरारको ओढ्ने ओछ्याउने, किचनमा प्रयोग हुने सामाग्री प्रदान गरेका छन् भने १४ हजार नगद प्रदान गरे । यस्तै विद्यार्थी मधुमला चौधरीलाई नगद ११ हजार् प्रदान गरीएको स्थानीय रमा तामाङले बताइन ।
आगलागी भएपछि ती परिवारलाई साम्पाङ चौक टोल विकास समिति धरान १५ का अध्यक्ष विजय राईको घरमा उपाध्यक्ष तारा शाक्यको पहलमा राखिएको छ ।
आगलागी हुदा ९७ बर्षीया आमा धनकुमारी श्रेष्ठ र उनकी छोरी ५२ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic