छाल खवर
धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपाधि म्याग्नस फार्माले हात पारेको छ ।
म्याग्रसले उपाधिसंगै ४१ हजार नगदसंगै ट्रफि मेडल हात पारेका थियो ।
विभिन्न टिमहरूको कडा प्रतिस्पर्धाबीच म्याग्नस फार्माले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो ।
त्यसैगरी, उपविजेता वन्न सफल एन आइसि एसिया टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भयो। उपविजेता वनेको एनआाइसि एसियाले २१ हजार नगद पुरस्कार प्राप्त गर्न सफल वनेको थियो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूलाई सम्मान गरिएको थियो।
सर्वाधिक गोल गर्दै म्याग्नस फार्माका नोबेल किशोर राई ‘गोल्डेन बुट’ घोषित भए, उनले क्रन्च कुपन प्राप्त गरेका थिए ।
त्यस्तै, उत्कृष्ट गोलकिपरको रूपमा एनएमवि वैंकका सन्नी हमाल ‘गोल्डेन ग्लोभ्स’ विजेता बने, उनले नेपालिरिका स्टे तथा क्रन्च पुरस्कार पाए। फेयर प्ले अवार्ड एभरेष्ट बैंकले जित्दै ‘हिडेन गार्डेन’ पुरस्कार हात पार्यो।
प्रतियोगितामा विभिन्न बैंक तथा व्यावसायिक संस्थाहरुको सहभागिता र प्रायोजन रहेको थियो। कार्यक्रम अवधिभर दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले प्रतियोगितालाई अझै रोमाञ्चक बनाएको थियो।
समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्थाले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक दिशामा अघि बढाउन यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताएको छ।
धरानमा फुटसल खेलको लोकप्रियता बढ्दो क्रममा रहेको अवस्थामा स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट प्लेटफर्म प्रदान गरेको छ। आगामी दिनमा अझै ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने योजना आयोजकले व्यक्त गरेको छ।
विजेता टिमहरुलाई धरान उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम वेघाले पुरस्कार प्रदान गरेका थिए ।
राउण्ड टेवलले प्रतियोगिताबाट वचेको रकम धरानका विभिन्न सामुदायिक विद्यालयको सहयोगमा खर्च गरीने धरान राउण्ड टेवल २६ का अध्यक्ष सुमित अग्रवालले वताएकाछन् ।
धरान–१६ स्थित विग गोर्खा फुटसलमा संचालित प्रतियोगितामा प्रभु बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, म्याग्नस फर्मा प्रा.लि., एनआईसी एसिया बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड रहेका छन्।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic