जनप्रतिनिधि र प्रहरीले रोक्यो बालविवाह कानुनले निषेध समाजमा प्रचलित

  • जेठ २६, २०७७
  • ४१५ पटक पढिएको
  • छाल खबर
alt

धरान/ सोलुखुम्वुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा भएको बालविवाह रोकिएको छ ।
आइतबार दुलहीको घरमा दुलहासहित जन्ती आएको सूचनाका आधारमा जनप्रतिनिधि र प्रहरीको टोली पुगेर सो बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले वताएकाछन् ।

प्रहरी र जनप्रतिनिधि पुग्दा लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरीएको हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ । उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic