लकडाउनको नयाँ मोडालिटी घोषणा गर्ने सरकारीको तयारी मन्त्रि परिषद वैठक वस्दै

  • जेठ २८, २०७७
  • १०६ पटक पढिएको
  • छाल खबर

छाल खवर
जेठ २८
काठमाडौं । सरकारले लक डाउनको नयाँ मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारी गरेको छ ।
बुधवार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको हो ।
जनस्तरबाट लकडाउनको मोडालिटिको विरोध हुन थालेपछि सरकारले परिवर्तन गर्न लागेको हो ।
बैठकमा लकडाउनको नयाँ मोडालिटी, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुने बुझिएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा वुझाएको थियो ।
दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो । उक्त प्रस्तावमाथि आवश्यक छलफल गरेर नयाँ मोडालिटी घोषणा गर्ने तयारी सरकारको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ ।
जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic