लकडाउनको नयाँ मोडालिटी घोषणा गर्ने सरकारीको तयारी मन्त्रि परिषद वैठक वस्दै

  • जेठ २८, २०७७
  • १२९ पटक पढिएको
  • छाल खबर

छाल खवर
जेठ २८
काठमाडौं । सरकारले लक डाउनको नयाँ मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारी गरेको छ ।
बुधवार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको हो ।
जनस्तरबाट लकडाउनको मोडालिटिको विरोध हुन थालेपछि सरकारले परिवर्तन गर्न लागेको हो ।
बैठकमा लकडाउनको नयाँ मोडालिटी, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुने बुझिएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा वुझाएको थियो ।
दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो । उक्त प्रस्तावमाथि आवश्यक छलफल गरेर नयाँ मोडालिटी घोषणा गर्ने तयारी सरकारको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ ।
जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic