कुवेतबाट ३ सय महिला श्रमिक फर्किँदै

  • जेठ २८, २०७७
  • १३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
जेठ २८
२८ जेठ, काठमाडौं । कुवेतमा आम माफी पाएका मध्ये ३ सय महिला स्वदेश फर्कने भएकाछन् ।
बिहीबार बेलुका मात्र कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका हुन । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । सबै प्रक्रिया टुंग्याएर विहिवारका लागि दुई वटा उडान तय भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएकाछन् ।
करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए ।
कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए ।

पासपोर्ट हुनेहरू सिधै आश्रयस्थलमा जानसक्ने व्यवस्था थियो । भिसा अवधि सकिएका, रोजगारदाता परिवर्तन गरेर अवैध हैसियतमा बसेका सबैले आममाफी पाएका छन् । कुवेतका आश्रयस्थलहरूमा बच्चासहितका नेपाली महिलाहरू पनि छन् ।
तर, अब सरकारले विदेशमा अलपत्रलाई ल्याउन प्रक्रिया सुरु गरेपछि कुवेतबाट पनि जहाज आउन अनुमति दिइएको हो । अब क्रमैसँग क्याम्पमा बसेका अन्य श्रमिक पनि नेपाल आउन पाउनेछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic