कुवेतबाट ३ सय महिला श्रमिक फर्किँदै

  • जेठ २८, २०७७
  • १०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
जेठ २८
२८ जेठ, काठमाडौं । कुवेतमा आम माफी पाएका मध्ये ३ सय महिला स्वदेश फर्कने भएकाछन् ।
बिहीबार बेलुका मात्र कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका हुन । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । सबै प्रक्रिया टुंग्याएर विहिवारका लागि दुई वटा उडान तय भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएकाछन् ।
करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए ।
कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए ।

पासपोर्ट हुनेहरू सिधै आश्रयस्थलमा जानसक्ने व्यवस्था थियो । भिसा अवधि सकिएका, रोजगारदाता परिवर्तन गरेर अवैध हैसियतमा बसेका सबैले आममाफी पाएका छन् । कुवेतका आश्रयस्थलहरूमा बच्चासहितका नेपाली महिलाहरू पनि छन् ।
तर, अब सरकारले विदेशमा अलपत्रलाई ल्याउन प्रक्रिया सुरु गरेपछि कुवेतबाट पनि जहाज आउन अनुमति दिइएको हो । अब क्रमैसँग क्याम्पमा बसेका अन्य श्रमिक पनि नेपाल आउन पाउनेछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic