भोजपुरका २२ पसललाई कारोवारमा रोक

  • जेठ २८, २०७७
  • २२९ पटक पढिएको
  • छाल खबर

छाल खवर
जेठ २८
जिल्ला प्रशासन कार्यालय भोजपुरले लकडाउनको समयमा म्याद गुज्रिएका सामग्री विक्री गर्ने खाद्य पसललाई बन्द गर्न निर्देशन दिएको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुको छड्ने अनुगमन गर्दा उपभोक्ताले गुनासो गरे अनुसार म्याद गुज्रिएका बस्तु फेला परेपछि विक्रि वितरण रोक्न निर्देशन दिइएको हो ।
भोजपुरमा अखाद्य बस्तुको विक्री वितरण गर्ने पसलहरुलाई तत्काललाई विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भोजपुरको दावा बलौटेमा रहेको यमुना स्टोर,लक्ष्मी किराना पसल, सदरमुकामा रहेका विद्याधारी किराना पसल,कान्तिपुर किराना पसल, विमार्ट, लगायत २२ वटा पसलको तत्काललाई विक्रीमा रोक लगाएको हो ।
सो पसलहरुमा विक्रिका लागि राखिएका चामल, दाल, तेल, लगायत सामाग्रीमा उपभोग्य मिति, उत्पादन मिति लगायत फेला नपरेपछि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलको भनाई रहेको छ ।
म्याद गुज्रिएको विक्री गरेमा ५० हजार सम्म जरीवाना र ५ वर्ष सम्म जेल सजाय हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशंकर मिश्रले बताए ।

 

सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

छाल खवर धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली ...

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic