बिहीबारदेखि खुल्न पाउने र बन्द रहने क्षेत्रहरु कस्तो कस्तो छ मोडालिटी

  • जेठ २९, २०७७
  • ५१३ पटक पढिएको
  • छाल खबर
alt

जेठ २९, २०७७
छाल खवर
धरानः चौतर्फी विरोध हुन थालेपछि सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकमा सो निर्णय गरेको हो।
देशैभरका उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परीर्वतन गरी ब्यापार ब्यावसाय सञ्चालनको वातावरण निर्माणका लागि दबाव दिएपछि वाध्य भएर सरकारले समितिको प्रस्ताव अनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ।
सरकारले गरेको निर्णय अनुसार पहिलो चरणमा विहिवार(आज)बाट निम्न सेवाहरु सञ्चालन हुनेछन् ।
पहिलो चरणमा
१। स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक समेत
२। औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३। पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४। फोहोरमैला व्यवस्थापन
५। विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६। बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७। सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८। कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९। उत्पादनशील उद्योग
१०। निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११। विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२। निर्माण कार्य (निजीसमेत)
१३। नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४। रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५। क्वारेन्टिनका लागि तोकिएका होटल
१६। बिजुलीका सामान बिक्री र मर्मत
१७। विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८। पुस्तक पसल तथा स्टेसनरी
१९। सबै प्रकारका ढुवानी सेवा
२०। अत्यावश्यक सेवाका कार्यालय
२१। अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू ९सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी०

कुन कुन क्षेत्रमा जारी रहन्छ लकडाउन
१। शैक्षिक संस्था ९विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र०
२। सपिङ मल, डिपार्टमेन्ट स्टोर ९खाद्यपदार्थ बाहेक०
३। सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४। अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५। तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६। सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७। २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८। सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९। स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
१०। खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११। पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन
१२। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।
सरकारले अन्य मुलुकमा जस्तै विभिन्न चरणमा गरी लकडाउन खुलाउने तयारीमा लागेको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic