वडा समिति भवन निर्माणमा जुटे नडाहाबासी विकासमा सहयोग गर्न पाउदा मनै हर्षित

  • जेठ २९, २०७७
  • ४,५४५ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ

वडा समिति कार्यालयको भवन निर्माणको लागि वराहक्षेत्र नगरपालिका ३ नडाका स्थानीयवासी कम्मर कसेर लागि परेकाछन् ।
वडा समितिले २०७७ वैशाख २७ गते को वैठकबाट समितिको कार्यालय नडाहामा निर्माण गर्ने निर्णय गरेसँगै त्यसक्षेत्रका वासन्दिा वडा समितिको भवन निर्माणमा आफै कम्मर कसेर लागि परेका हुन ।
करिव ६ कठ्ठा क्षेत्रफल रहेको सो जग्गा मध्ये हाल ६ कोठो पक्कि भवन निर्माण थालिएको छ ।
दुइमहिना भित्र निर्माण सम्पन्न गरी सक्ने तयारीका साथ जुटिरहेको भवन निर्माण समितिका अध्यक्ष केषव पुरीले जानकारी दिनुभएको छ ।करिव २५ लाखको लागतमा निर्माण हुने सो भवनका लागि स्थानीयवासी विद्यालय सहयोगी महानुभावहरु र त्यसक्षेत्रमा घर भई विभिन्न मुलुकमा रोजगारीका लागि वैदेशिक रोजगारीमा रहनुहुने युवाहरुको सहयोग रहदै आएको अध्यक्ष पुरीले वताउनु भएको छ ।
पुरीका अनुसार हालसम्म करिव १५ लाखको सहयोग संकलन भएको र सहयोगीहरुको सहयोग थपिदै आएको छ ।निर्माण पुरा गर्नको लागि सहयोगी हात र मनहरुलाई अध्यक्ष पुरीले अपिल समेत गर्नुभएको छ ।थप सहयोगीहरुको आवस्यक भएको उल्लेख गर्दै सहयोगी मनहरुलाई विकासमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।कसैको सानो सहयोगले कुनै ठाउको विकासले फड्को मार्न सहयोग गर्दछ भने हामीले किन नगर्ने ? उहाको प्रश्न थियो ।
भवन निर्माणका लागि कुनै जाति क्षेत्र,वर्ग, धर्म केही नभनी विकास निर्माण एकमात्र उदेश्य राखेर स्थानीयहरु उत्साहित वनेको वताउदै यो उत्साहले आफूलाई प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो ।
सरकारी क्षेत्रबाट हालसम्म कुनै सहयोग प्राप्त भएको छैन । स्थानीयले आफैले सहयोग संकलन गरेर भवन निर्माण कार्य गर्दै आएकाछन् । हालसम्म कुनै सरकारी सहयोग नभएपनि वडाध्यक्ष रुद्र बहादुर दाहालले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको पुरीको भनाई रहेको छ ।यस अघि कार्यालय रहेको स्थान राजधामी चोकबाट नडाहामा कार्यालय सार्नको लागि निकै ठुलो विवाद भएको थियो । विवादका वीचपनि वडाध्यक्ष दाहालले सो नडाहामा कार्यालय सारेर भाडामा सञ्चालन गर्दै आएकाछन् । एक दुइ महिना भित्र नै निर्माण सम्पन्न हुने वित्तिकै कार्यालय आफ्नै भवनमा सञ्चालन अध्यक्ष पुरीको भनाई रहेको छ ।
वडा समितिको भवन निर्माणलाई आफूहरुले आफ्नो क्षेत्रको विकासको आधार ठानेर गास काटेर भएपनि सहयोग गर्दै आएको र आमामी दिनहरुमा पनि सहयोगको लागि कुनै कसर बाकी नराख्ने स्थानीय वासन्दिा तथा स्काई इङलिस स्कुल नडाहाका प्रवन्ध निर्देशक राजन राइले वताए ।
यो कार्यालय निर्माणसँगै यस क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास समेत राईको रहेको छ ।
यता वडाध्यक्ष रुद्रबहादुर दाहालले स्थानीय सरकार कोरोना महामारीमा जुधिरहेको र वडा समितिकै सकृयतामा स्थानीयवासीहरु भवन निर्माण जुटिरहेको वताए ।आवस्यकता अनुसार वडा समितिले पनि भवन निर्माणमा सहयोग गदै जाने प्रतिवद्धता अध्यक्ष दाहालको रहेको छ ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic