उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो आउदैछ नीति

  • जेठ ३०, २०७७
  • १४४ पटक पढिएको
  • छाल खबर
alt

जेठ ३०
३० जेठ, काठमाडौं । सरकारले ७९ दिन लामो लकडाउन बिहीबारदेखि केही खकुलो बनाएको छ । मानवीय गतिविधिसहित केही निश्चित आर्थिक क्रियाकलाप २१ दिनका लागि खुल्ला गरिएको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए तर यसमा निश्चित शर्तहरु लागू हुन्छन् ।
सरकारको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ सुरक्षा मापदण्ड पुरा गरेर उद्योग, व्यवसाय, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरु, सरकारी तथा वित्तीय कार्यालय एवम् रेष्टुरेन्टहरु सञ्चालन हुन पाउँछन् ।
सरकारको सोही निर्णयअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रेष्टुरेन्ट, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्या पसलहरु र उद्योगधन्दा सञ्चालन गर्न निश्चित मापदण्ड (प्रोटोकल० बनाएको छ । जो सेवा सुरुचारु गर्दा अनिवार्य गरिनु पर्छ ।
पसलमा के गर्ने
डिमार्टमेन्टल स्टोर, मार्ट तथा पसलहरु स्थानीय सरकारको समन्वयमा निश्चित समय खुल्ने छ । खुल्ला भएका यस्ता सेवा दिने व्यवसायमा संलग्न श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्नु पर्नेछ । यस्तै कार्यस्थल प्रवेश गर्नु पूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।
कर्मचारी तथा श्रमिकको लागि खाजाको व्यवस्था कार्यस्थलमै गरिनुपर्छ । ग्राहक आफैले छानीछानी सामान खरिद गर्ने भएमा अनिवार्य रुपमा स्यानिजटाइजर प्रयोग गर्न लगाउनुपर्छ ।
यस्तै ग्राहकहरुबीच भौतिक दूरी कायम गर्न कम्तीमा एक मिटरको दूरी कायम गराउने, यसका लागि संकेत वा आवश्यक गोलो घेरा लगाउने काम गर्नु पर्दछ । यस्तै ग्राहक र कर्मचारी तथा व्यववसाय सञ्चालकले विद्युतीय माध्यामबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्नुपर्छ ।
उद्योगमा सतर्कता
सरकारको निर्णयपछि सञ्चालनमा आएका उद्योगहरुले श्रमिक तथा कर्मचारीलाई उनीहरुको बासस्थानदेखि उद्योग वा कार्यस्थलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नुपर्छ । यसकालासग आवश्यक सवारी साधनको व्यवस्था उद्योगले नै गर्नु पर्नेछ भने सानधको क्षमताको आधा मात्रै यात्रु एकपटकमा बोक्नु पर्छ ।
आवश्यकताअनुसार उद्योग भित्र भौतिक दुरी कायम गर्ने गरी कर्मचारीलाई काममा लगाउने र आवश्यकताअनुसार सिफ्टमा उद्योगहरु सञ्चालन गर्नुपर्छ । यस्तै प्रत्येक सिफ्ट सुरुहुनु अघि कार्यस्थललाई अनिवार्य डिसइन्फेक्सन गर्नु पर्दछ ।
श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्ने, कार्यस्थल प्रवेश गर्नुपूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।
रेष्टुरेन्टको मापदण्ड
सरकारले लुजडाउन अवधिमा सुरक्षाको उपय अपनाएर होम डेलिभरी सेवा दिनेगरी रेष्टुरेन्ट खोल्ने दिने निर्णय गरेको छ । जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको प्रोटकलअनुसार यस्तो व्यवसाय निश्चित समय अवधिमा मात्रै खोल्न पाइने छ ।
रेष्टुरेन्टमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई सरसफाईको प्रोटोकलको पालना अनिवार्य गरिएको छ ।
सबै कर्मचारीको कार्यालय आउने समयमा तापक्रम नाप्नेदेखि साबुन पानीले हात धुने तथा मास्क र स्यानिटाईजरको प्रयोग अनिवार्य गर्नुपर्छ ।
रेष्टुरेन्ट तथा खाजा घरको शौचालय नियमित सफाई गर्ने तथा अन्य टेबल कुसी पनि कम्तीमा दिनमा तीन पटक डिस इन्फेक्सन गर्नुपर्छ ।
सबै टेबलमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्छ भने ग्राहकहरुको दूरी कम्तीमा एक मिटरको हुनुपर्दछ । कारोबारलाई बिद्युतीय भुक्तानी अनिवार्य गर्नु पर्ने प्रोटोकलमा भनिएको छ ।
अनलाइन खवरबाट

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic