उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो आउदैछ नीति

  • जेठ ३०, २०७७
  • ९८ पटक पढिएको
  • छाल खबर
alt

जेठ ३०
३० जेठ, काठमाडौं । सरकारले ७९ दिन लामो लकडाउन बिहीबारदेखि केही खकुलो बनाएको छ । मानवीय गतिविधिसहित केही निश्चित आर्थिक क्रियाकलाप २१ दिनका लागि खुल्ला गरिएको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए तर यसमा निश्चित शर्तहरु लागू हुन्छन् ।
सरकारको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ सुरक्षा मापदण्ड पुरा गरेर उद्योग, व्यवसाय, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरु, सरकारी तथा वित्तीय कार्यालय एवम् रेष्टुरेन्टहरु सञ्चालन हुन पाउँछन् ।
सरकारको सोही निर्णयअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रेष्टुरेन्ट, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्या पसलहरु र उद्योगधन्दा सञ्चालन गर्न निश्चित मापदण्ड (प्रोटोकल० बनाएको छ । जो सेवा सुरुचारु गर्दा अनिवार्य गरिनु पर्छ ।
पसलमा के गर्ने
डिमार्टमेन्टल स्टोर, मार्ट तथा पसलहरु स्थानीय सरकारको समन्वयमा निश्चित समय खुल्ने छ । खुल्ला भएका यस्ता सेवा दिने व्यवसायमा संलग्न श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्नु पर्नेछ । यस्तै कार्यस्थल प्रवेश गर्नु पूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।
कर्मचारी तथा श्रमिकको लागि खाजाको व्यवस्था कार्यस्थलमै गरिनुपर्छ । ग्राहक आफैले छानीछानी सामान खरिद गर्ने भएमा अनिवार्य रुपमा स्यानिजटाइजर प्रयोग गर्न लगाउनुपर्छ ।
यस्तै ग्राहकहरुबीच भौतिक दूरी कायम गर्न कम्तीमा एक मिटरको दूरी कायम गराउने, यसका लागि संकेत वा आवश्यक गोलो घेरा लगाउने काम गर्नु पर्दछ । यस्तै ग्राहक र कर्मचारी तथा व्यववसाय सञ्चालकले विद्युतीय माध्यामबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्नुपर्छ ।
उद्योगमा सतर्कता
सरकारको निर्णयपछि सञ्चालनमा आएका उद्योगहरुले श्रमिक तथा कर्मचारीलाई उनीहरुको बासस्थानदेखि उद्योग वा कार्यस्थलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नुपर्छ । यसकालासग आवश्यक सवारी साधनको व्यवस्था उद्योगले नै गर्नु पर्नेछ भने सानधको क्षमताको आधा मात्रै यात्रु एकपटकमा बोक्नु पर्छ ।
आवश्यकताअनुसार उद्योग भित्र भौतिक दुरी कायम गर्ने गरी कर्मचारीलाई काममा लगाउने र आवश्यकताअनुसार सिफ्टमा उद्योगहरु सञ्चालन गर्नुपर्छ । यस्तै प्रत्येक सिफ्ट सुरुहुनु अघि कार्यस्थललाई अनिवार्य डिसइन्फेक्सन गर्नु पर्दछ ।
श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्ने, कार्यस्थल प्रवेश गर्नुपूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।
रेष्टुरेन्टको मापदण्ड
सरकारले लुजडाउन अवधिमा सुरक्षाको उपय अपनाएर होम डेलिभरी सेवा दिनेगरी रेष्टुरेन्ट खोल्ने दिने निर्णय गरेको छ । जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको प्रोटकलअनुसार यस्तो व्यवसाय निश्चित समय अवधिमा मात्रै खोल्न पाइने छ ।
रेष्टुरेन्टमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई सरसफाईको प्रोटोकलको पालना अनिवार्य गरिएको छ ।
सबै कर्मचारीको कार्यालय आउने समयमा तापक्रम नाप्नेदेखि साबुन पानीले हात धुने तथा मास्क र स्यानिटाईजरको प्रयोग अनिवार्य गर्नुपर्छ ।
रेष्टुरेन्ट तथा खाजा घरको शौचालय नियमित सफाई गर्ने तथा अन्य टेबल कुसी पनि कम्तीमा दिनमा तीन पटक डिस इन्फेक्सन गर्नुपर्छ ।
सबै टेबलमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्छ भने ग्राहकहरुको दूरी कम्तीमा एक मिटरको हुनुपर्दछ । कारोबारलाई बिद्युतीय भुक्तानी अनिवार्य गर्नु पर्ने प्रोटोकलमा भनिएको छ ।
अनलाइन खवरबाट

 

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic