प्रहरी कार्यालयमा तीन बोरा चाबी

  • जेठ ३१, २०७७
  • ४६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३१ जेठ
धरान – बाँके जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लकडाउन अवधिमा खोसेको मोटरसाइकल, स्कुटीको चाबी प्रहरी कार्यालयमा थुप्रिएको छ ।
लक डाउन शुरु भएको दिनदेखि हालसम्म पनि मोटरसाइकल र स्कुटीको चावी प्रहरी कार्यालयमा सम्वन्धित व्यक्ति लिन नआएपछि प्रहरी कार्यालय मै थुप्रिएको हो । चैत्र ११ गतेदेखि लकडाउन भएपछि त्यसलाई कडाई गर्ने क्रममा प्रहरीले अटेरीको मोटरसाइकल र स्कुटीको चाबी खोसोको थियो ।
अहिले वडा कार्यालय, नेपालगञ्जमा तीन बोरा चाबी थुप्रिएको छ । सवारी चालकहरु आफ्ना चाबी लिन आइरहेका छैनन् ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले चाबी लिन फाटफुट आइरहेको बताए । उनले लिन आएका व्यक्तिलाई चाबी दिएर पठाउने गरेको जानकारी दिए ।
प्रहरी कार्यालयमा चाबी थन्किएपनि सवारी साधन त चलेकै छ । किनभने, सबैले दोस्रो चाबी बनाएका छन् । नेपालगञ्जको सडकमा पछिल्लो पटक प्रहरीले सवारी साधन रोकेर चाबी लिएर हिडेपनि केहीबेरमा सडकमा मोटरसाइकल देखिदैनथे ।

सबैले दुई वटा चाबी लिएर हिँड्ने गरेका थिए । प्रहरीले चाबी थुतेर जान्छ, अर्को चाबीले मोटरसाइकल स्टार्ट गरेर सवारी चालक आफ्नो गन्तब्यतिर जाने गर्दथे ।
मन्त्रीपरिषद्को पछिल्लो बैठकको निर्णयपछि जिल्लामा चाबी थुत्न छोडिएको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic