सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)

  • जेठ ३२, २०७७
  • १४४ पटक पढिएको
  • छाल खबर
alt

३२ जेठ, काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले अनलाइनखबरसँग भने, ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेका छौं ।’

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।

विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। थपलियाले बताए ।

‘आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ । यसको डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी हाम्रो वेबसाइटमा राखिसकिएको छ । चारदेखि–आठ कक्षासम्मको हामी आज–भोलिमै राखिसक्ने गरी तयारी गरिरहेका छौं,’ डा। थपलियाले भने ।

कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको उनले बताए । त्यो सामग्री घरमै बसेर सिक्ने सक्ने खालको रहेको उनको भनाइ छ ।

विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा। थपलियाले बताए ।

उनले भने, ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ ।

लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले इन्टरनेट प्रविधि प्रयोग गरी विद्यार्थीहरुलाई पढाइरहेका छन् ।
अनलाईन खवरबाट


हेर्नुहोस् पढाइ हुने तालिका

1-2-768x799 12-1-768x911=2 1 3-1-768x1113=3 1

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic