देशको हितमा एक कदम अघि बढ्यो सरकार– विप्लव

  • जेठ ३२, २०७७
  • ४३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३२ जेठ
काठमाडौँ – प्रतिवन्धित रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकारले साहसिक कदम चालेको वताउनु भएको छ । आइतवार एक वक्तव्य जारी गर्दै विप्लवले सरकार देशको हितमा एक कदम अघि बढेको बताउनु भएको छ ।
जनमत र संघर्षको दबाबमा परेर वर्तमान सरकार अतिक्रमित भूभागहरुको नक्सा संसदबाट पास गर्न बाध्य भएको दावी समेत उहाले गर्नुभएको छ ।
‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । वर्तमान सरकारले २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गरेको थियो ।
विप्लवले नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरु नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
विप्लवले आम नागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन अनुरोध समेत गर्नुभएको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic