ओलीले फेरि स्थगित गरे सचिवालय बैठक

  • जेठ ३२, २०७७
  • ९०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३२ जेठ
काठमाडौँ÷ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइतवारको सचिवालय वैठक स्थगित गर्नुभएको छ ।
सञ्चो नभएको भन्दै अन्तिम समयमा आएर पार्टीको पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएको हो ।
बैठक स्थगित गरेको जानकारी १० मिनेट अघि मात्रै सचिवायलका सदस्यहरुलाई गराउनु भएको थियो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित गर्नुको कारण भने आफूलाई थाहा नभएको वताउनुभयो ।
प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गर्दै आउनु भएको छ ।
आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, एमसीसी अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
एमसिसिका विषयमा पार्टी भित्र मत विभाजन भएपछि वैठकबाट निर्णय लिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई समस्या पर्दै आएको छ । तयारी नभएकोले ओलीले आजको वैठक अस्वस्थ्यताको कारण देखाउदै स्थागित गर्नुभएको स्रोतको दावी रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic