ओलीले फेरि स्थगित गरे सचिवालय बैठक

  • जेठ ३२, २०७७
  • ९२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३२ जेठ
काठमाडौँ÷ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइतवारको सचिवालय वैठक स्थगित गर्नुभएको छ ।
सञ्चो नभएको भन्दै अन्तिम समयमा आएर पार्टीको पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएको हो ।
बैठक स्थगित गरेको जानकारी १० मिनेट अघि मात्रै सचिवायलका सदस्यहरुलाई गराउनु भएको थियो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित गर्नुको कारण भने आफूलाई थाहा नभएको वताउनुभयो ।
प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गर्दै आउनु भएको छ ।
आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, एमसीसी अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
एमसिसिका विषयमा पार्टी भित्र मत विभाजन भएपछि वैठकबाट निर्णय लिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई समस्या पर्दै आएको छ । तयारी नभएकोले ओलीले आजको वैठक अस्वस्थ्यताको कारण देखाउदै स्थागित गर्नुभएको स्रोतको दावी रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic