भारत चीन सीमामा झडप एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु भारत चीनवीच शक्तिको होडवाजी

  • असार २, २०७७
  • ३८६ पटक पढिएको
  • छाल खबर
alt

एजेन्सी ्र २ असार,नयाँ दिल्ली÷ भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ।
भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो।
भारतीय सेनाका अनुसार भारत(चीन सीमास्थित गलवान घाँटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो।
दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना मु्ख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ। तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्‍ने केही पनि खुल्न सकेको छैन।
यसबारेमा चिनियाँ अधिकारीले पनि कुनै जानकारी दिएका छैनन्। भारतीय सेना मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारी अहिले मामिला सुल्झाउन घटनास्थलमा बैठक गरिरहेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङले यस घटनाबारे प्रतिक्रिया दिँदै भारतीय सैनिकले सीमामा चिनियाँ सैनिकमाथि पहिले हमला गरेका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनिया विदेश मन्त्रालयले यस घटनाप्रति प्रतिक्रिया दिँदै भारतले एकतर्फी कुनै पनि कदम चाल्नु गलत हुने जनाएको छ।
यसले स्थिती बिग्रन सक्ने चीनले चेतावनी दिएको छ। यस घटनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, तीनै सेना प्रमुख र विदेश मन्त्री एस जयशंकरसँग एक उच्चस्तरीय बैठक गरेका छन्। पछिल्ला केही दिनयता यस इलाकामा चिनिया सैनिक भारतीय सीमामा प्रवेश गरेकाले दुवै देशबीच तनाव बढेको जिकिर भारतले गर्दै आएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic