भारत चीन सीमामा झडप एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु भारत चीनवीच शक्तिको होडवाजी

  • असार २, २०७७
  • ४११ पटक पढिएको
  • छाल खबर
alt

एजेन्सी ्र २ असार,नयाँ दिल्ली÷ भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ।
भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो।
भारतीय सेनाका अनुसार भारत(चीन सीमास्थित गलवान घाँटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो।
दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना मु्ख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ। तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्‍ने केही पनि खुल्न सकेको छैन।
यसबारेमा चिनियाँ अधिकारीले पनि कुनै जानकारी दिएका छैनन्। भारतीय सेना मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारी अहिले मामिला सुल्झाउन घटनास्थलमा बैठक गरिरहेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङले यस घटनाबारे प्रतिक्रिया दिँदै भारतीय सैनिकले सीमामा चिनियाँ सैनिकमाथि पहिले हमला गरेका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनिया विदेश मन्त्रालयले यस घटनाप्रति प्रतिक्रिया दिँदै भारतले एकतर्फी कुनै पनि कदम चाल्नु गलत हुने जनाएको छ।
यसले स्थिती बिग्रन सक्ने चीनले चेतावनी दिएको छ। यस घटनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, तीनै सेना प्रमुख र विदेश मन्त्री एस जयशंकरसँग एक उच्चस्तरीय बैठक गरेका छन्। पछिल्ला केही दिनयता यस इलाकामा चिनिया सैनिक भारतीय सीमामा प्रवेश गरेकाले दुवै देशबीच तनाव बढेको जिकिर भारतले गर्दै आएको छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic