नियमित पुदिना सेवनका यस्ता छन फाइदा

  • असार २, २०७७
  • १६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार २,
सजिलै पाइने वनस्पति हो पुदिना । तर, यसरी सजिलै पाइने पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाहा होला ।
पुदिना, जसलाई मुख र सास स्वच्छ राख्ने वनस्पतिको रूपमा लिने गरिन्छ, यो स्वास्थ्यका लागि असाध्यै उपयोगी वनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरूको सहज समाधान हुन सक्छ ।
यस्ता छन् पुदिना खानुका फाइदा
पाचन प्रक्रियामा सहयोग
पुदिना भोक जगाउने वस्तु हो तर यसले पाचन प्रक्रियामा पनि ठूलो सहयोग गर्छ । ग्यास्ट्रिकको समस्या भएकाहरूले पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्दत गर्छ।
बान्ता रोक्छ
यस्तै, पुदिनाको प्रयोगले बान्ता रोक्न ठूलो सहयोग गर्छ। लामो यात्रामा निस्कँदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका वस्तु सुँघ्नाले ठीक हुन्छ । यति मात्रै होइन, पुदिनाको तेल, निधार, नाकमा लगाउनाले टाउको दुखाइ ठीक हुन्छ।
श्वासप्रश्वासको समस्याबाट छुटकरा
पुदिनाको बासनाले नाक, घाँटी, स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने गर्छ । यस्तै, पुदिनाको प्रयोगले श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले श्वासप्रश्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका बिरामीहरूलाई पुदिनाको सेवन गराउने चलन छ ।
यस्तै, बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरूको स्तनको निप्पल चर्कने, फुट्ने वा थुनेलो हुने समस्या देखापर्छ । यसको समाधानका लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ ।
छालाको समस्या हुनेलाई राम्रो
नियमित रूपमा पुदिनाको रस प्रयोग गर्नाले छाला सफा राख्न सहयोग गर्छ । छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा, पिम्पल्स हटाउन सहयोग गर्ने गर्छ । यस्तै, छालाको एलर्जी हुनेहरूका लागि पनि पुदिनाको सेवन राम्रो मानिन्छ।
मोटोपनको समस्या भएकालाई हितकारी
यदि तपाईं आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुहोस् । किनकि पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरू चाँडो निकाली छिटो पाचन गराउन मद्दत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्त्व तथा फ्याट संचित हुनुको सट्टा चाँडै नै शक्तिमा परिणत हुन्छ । यसले तपाईंको तौल ठीक राख्न मद्दत गर्छ ।
यस्तै, मुख गह्नाउने समस्या भएकाहरूका लागि पनि पुदिना सेवन राम्रो मानिन्छ। पुदिनामा भएको किटाणुनाशक विशेषताले मुखभित्र हुने किटाणुहरू मारी जिब्रो तथा दाँतका भागहरूसमेत सफा बनाउँछ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic