नियमित पुदिना सेवनका यस्ता छन फाइदा

  • असार २, २०७७
  • ११६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार २,
सजिलै पाइने वनस्पति हो पुदिना । तर, यसरी सजिलै पाइने पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाहा होला ।
पुदिना, जसलाई मुख र सास स्वच्छ राख्ने वनस्पतिको रूपमा लिने गरिन्छ, यो स्वास्थ्यका लागि असाध्यै उपयोगी वनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरूको सहज समाधान हुन सक्छ ।
यस्ता छन् पुदिना खानुका फाइदा
पाचन प्रक्रियामा सहयोग
पुदिना भोक जगाउने वस्तु हो तर यसले पाचन प्रक्रियामा पनि ठूलो सहयोग गर्छ । ग्यास्ट्रिकको समस्या भएकाहरूले पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्दत गर्छ।
बान्ता रोक्छ
यस्तै, पुदिनाको प्रयोगले बान्ता रोक्न ठूलो सहयोग गर्छ। लामो यात्रामा निस्कँदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका वस्तु सुँघ्नाले ठीक हुन्छ । यति मात्रै होइन, पुदिनाको तेल, निधार, नाकमा लगाउनाले टाउको दुखाइ ठीक हुन्छ।
श्वासप्रश्वासको समस्याबाट छुटकरा
पुदिनाको बासनाले नाक, घाँटी, स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने गर्छ । यस्तै, पुदिनाको प्रयोगले श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले श्वासप्रश्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका बिरामीहरूलाई पुदिनाको सेवन गराउने चलन छ ।
यस्तै, बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरूको स्तनको निप्पल चर्कने, फुट्ने वा थुनेलो हुने समस्या देखापर्छ । यसको समाधानका लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ ।
छालाको समस्या हुनेलाई राम्रो
नियमित रूपमा पुदिनाको रस प्रयोग गर्नाले छाला सफा राख्न सहयोग गर्छ । छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा, पिम्पल्स हटाउन सहयोग गर्ने गर्छ । यस्तै, छालाको एलर्जी हुनेहरूका लागि पनि पुदिनाको सेवन राम्रो मानिन्छ।
मोटोपनको समस्या भएकालाई हितकारी
यदि तपाईं आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुहोस् । किनकि पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरू चाँडो निकाली छिटो पाचन गराउन मद्दत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्त्व तथा फ्याट संचित हुनुको सट्टा चाँडै नै शक्तिमा परिणत हुन्छ । यसले तपाईंको तौल ठीक राख्न मद्दत गर्छ ।
यस्तै, मुख गह्नाउने समस्या भएकाहरूका लागि पनि पुदिना सेवन राम्रो मानिन्छ। पुदिनामा भएको किटाणुनाशक विशेषताले मुखभित्र हुने किटाणुहरू मारी जिब्रो तथा दाँतका भागहरूसमेत सफा बनाउँछ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic