विदेशबाट उद्धार गरी ल्याइने नागरिकसँग भाडा नलिन सर्वोच्चको आदेश

  • असार २, २०७७
  • २५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काडमाडौं २ असार ं÷काठमाडौँ– वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा पुगेका नागरिकलाई कोभिड–१९ कारण उद्धार गर्दा उनीहरुबाट भाडा नलिन सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ।
सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो।
सरकारले विभिन्न देशबाट तत्काल २४ हजार नागरिकलाई उद्धार गरी ल्याउने र उनीहरुबाट लिने भाडासमेत सरकारले सार्वजनिक गरेपछि त्यसका विरुद्ध अधिवक्ता सोमप्रसाद लुइँटेलसहित चारजनाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो।
आदेशमा ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’मा उनीहरुको योगदान रहने भएकाले कार्यविधि बनाइ अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न भनेको हो।
सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ, ‘वैदेशिक रोजगारीमा गएका करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट नपाउने, आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने भइ अलपत्र परेका, र कुटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने भनी प्रमाणित भएका कामदार नेपाल ल्याई गन्तव्यसम्म पुर्‍याउनु पर्ने दायित्व राज्यको भएको हुँदा‘।’
सरकारले गत जेठ १२ गते ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७’ जारी गरेको थियो।
आदेशमा अन्य स्रोतबाट खर्च नव्यहोरिने नेपालीको स्वदेश फर्किने खर्च आफैंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि वैशाख २ गते पनि सर्वोच्चले अलपत्र परेका आफ्ना नागरिकलाई तत्काल उद्धार गरी ल्याउन आदेश दिएको थियो।
देशसञ्चारबाट

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic