युवा सङ्घको केन्द्रीय विभाग र आयोगको एकता टुङ्गियो

  • असार ३, २०७७
  • २५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार ३, काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ ।
युवा सङ्घको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो ।
युवा सङ्घका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग ९वाइसिएल०को भागमा परेको छ ।
उनका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ ।
यस्तै, वाइसिएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग विभाग रहेका छन् । यस्तै घाइते, अपाङ्ग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ ।
सहसंयोजक पौडेलले २१ सदस्यीय विभागका संयोजक र सहसंयोजक भागमा परेको तत्कालीन सङ्गठनले टुङग्याउने बताए । संयोजक र सहसंयोजक फरक–फरक सङ्गठनले पाउने छन् । यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा सङ्घले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाइसिएलको भागमा गरेको छ । आयोग ४५ सदस्यीय हुने छ ।
युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले अब प्रदेश कमिटीमा मात्र एकता टुङग्याउन बाँकी रहेको बताए । उनले प्रदेश कमिटीसँगै जिल्ला इन्चार्ज र सह(इन्चार्ज पनि चाँडै नै बाँडफाँड गरिने बताए । २०७६ जेठ ३ गते दुई सङ्गठनबीच एकता घोषणा भएको थियो । एकतापछि युवा सङ्घको ३३५ सदस्यीय कमिटी रहेको छ ।
राससबाट

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic