युवा सङ्घको केन्द्रीय विभाग र आयोगको एकता टुङ्गियो

  • असार ३, २०७७
  • २२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार ३, काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ ।
युवा सङ्घको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो ।
युवा सङ्घका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग ९वाइसिएल०को भागमा परेको छ ।
उनका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ ।
यस्तै, वाइसिएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग विभाग रहेका छन् । यस्तै घाइते, अपाङ्ग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ ।
सहसंयोजक पौडेलले २१ सदस्यीय विभागका संयोजक र सहसंयोजक भागमा परेको तत्कालीन सङ्गठनले टुङग्याउने बताए । संयोजक र सहसंयोजक फरक–फरक सङ्गठनले पाउने छन् । यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा सङ्घले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाइसिएलको भागमा गरेको छ । आयोग ४५ सदस्यीय हुने छ ।
युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले अब प्रदेश कमिटीमा मात्र एकता टुङग्याउन बाँकी रहेको बताए । उनले प्रदेश कमिटीसँगै जिल्ला इन्चार्ज र सह(इन्चार्ज पनि चाँडै नै बाँडफाँड गरिने बताए । २०७६ जेठ ३ गते दुई सङ्गठनबीच एकता घोषणा भएको थियो । एकतापछि युवा सङ्घको ३३५ सदस्यीय कमिटी रहेको छ ।
राससबाट

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic