प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने 

  • असार ४, २०७७
  • २०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार,४
फोक्सो किन खराब हुन्छ रु यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ, सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रत्येक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, अर्काले गरेको धुम्रपानका असरका कारण विश्वमा प्रत्येक वर्ष करिब छ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालकै सन्दर्भमा पनि कहालीलाग्दो आँकडा छ । भनिन्छ, सुर्तीजन्य पदार्थ सेवनको कारण वर्षेनी हजारौंले ज्यान गुमाइरहेका छन् ।
सुर्तीजन्य पदार्थको कारण सीओपीडी ९दीर्घकालीन अवस्थासम्म फोक्सो सुनिनु०, टीबी, आज्मा, निमोनियालगायत फोक्सोको क्यान्सरलगायतका समस्या देखापर्ने गर्छ। त्यस्तै, वायु प्रदूषणका कारण पनि फोक्सोको संक्रमण हुने गर्छ।
विज्ञहरूका अनुसार वायुमा हुने स(साना कण श्वासनली हुँदै फोक्सोमा पुग्छ। जसले गर्दा सास फेर्नमा कठिनाइ हुन्छ । यसले घाँटीको एलर्जी, स्वाँस्वाँ हुने, दम, आस्थामा आदिको समस्या ल्याउँछ।
फोक्सोलाई कसरी सुरक्षित राख्ने र फोक्सोमा भएको विकार कसरी निकाल्ने र यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा त धुम्रपान नगर्नु हो । धुवाँ वा धुलोको असरबाट आफूलाई जोगाउनु हो। अहिले मास्क लगाउने चलन व्यापक छ। खासगरी धुलो वा धुवाँबाट बच्नका लागि मास्क पनि एउटा विकल्प हुन सक्छ।
त्यसैगरी फोक्सोको कार्यक्षमतालाई बढाउन योग खासगरी प्राणायाम विधि एकदमै उपयुक्त हुन्छ । अनुलोम बिलोम, कपालभाती जस्ता प्राणायाम विधिले फोक्सोलाई तन्दुरुस्त र बलियो राख्न सकिन्छ।
बिहान खुला हावामा हिँड्ने वा दौडने, दैनिक गहिरो सास लिने र छाड्ने अभ्यास पनि एकदमै प्रभावकारी हुन्छ। त्यसो त केही यस्ता खानेकुरा छन्, जसले फोक्सोलाई स्वस्थ राख्न सहयोग गर्छ । फोक्सोमा जमेको विकार हटाउन सहयोग गर्छ।
भिटामिनयुक्त फलफुल
भिटामिन सी युक्त आहारले फोक्सोलाई सफा बनाउने काम गर्छ। किवी, सुन्तला, कागतीलगायतका अमिलो फलफूलले फोक्सोलाई स्वस्थ र बलियो बनाउँछ।
ज्वानो
जडिबुटी फोक्सोलाई स्वस्थ राख्नमा धेरै फाइदाजनक छ। त्यस्तै जडीबुटी मध्ये एक हो ज्वानो । यसमा भिटामिन र पोषक तत्व हुन्छ, जसको सेवनले फोक्सोको माध्यमबाट अक्सिजनको प्रवाह सहज हुन्छ ।
पुदिना
पुदिनामा पाइने एन्टीअक्सिडेन्ट फोक्सोलाई स्वस्थ राख्नको लागि लाभदायक हुन्छ । यसले मांसपेसीलाई आराम दिएर श्वासप्रश्वास प्रणालीको बाटोलाई सजिलो बनाइदिन्छ । साथै यसले फोक्सोमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकालेर फोक्सो स्वस्थ बनाउँछ ।
यष्टीमधु (जेठीमधु)
बोलीचालीको भाषामा जेठीमधु भनिने यष्टीमधुको एन्टिइन्फ्लेमेटरी गुणले फोक्सोको संक्रमणलाई टाढा गर्न धेरै मद्धत गर्छ । घाँटी खराब भएमा, सास फेर्न समस्या आदि भएमा मुलेठी चुस्नाले श्वासप्रश्वास प्रणाली सफा हुन्छ । जसकारण फोक्सोले सजिलै आफ्नो काम गर्न थाल्छ ।
अदुवा
दिनमा एकपटक तातो पानीमा अदुवाको रस र थोरै मह मिसाएर पिउनुहोस् । यसले फोक्सोमा जम्मा भएको विषाक्त पदार्थ सजिलैसँग बाहिर निकाल्छ । गर्मीको मौसममा भने यसलाई नपिउनुहोस् ।
अनार
अनारको एन्टीअक्सिडेन्ट फोक्सोमा फैलिएका विषाक्त पदार्थलाई सजिलै सफा गर्छ । नियमित रुपमा दिनमा १ कचौरा अनार खाएमा फोक्सो स्वस्थ हुन्छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic