एसएसबीले रोकेको पार्क निर्माण तुम्लिङवासीले शुरु गरे

  • असार ४, २०७७
  • ४२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इलाम,४ असारः केही समय अघि तारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले शुरु गरेकाछन् ।
इलामको माइजोगमाई गाउँपालिका–२ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले अघि बढाएका हुन्
गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले काम थालेको हो। वैशाख पहिलो साताबाट रोकिएको थियो । काम सुरू भएको जानकारी पाउने बित्तिकै मानेभञ्ज्याङमा रहेको एसएसबीका प्रतिनिधि निर्माणस्थलमा आएका थिए। तर गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति र स्थानीयले प्रष्ट रुपमा सीमास्तम्भले नेपाल–भारत छुट्याइएकाले काम नरोक्ने अडान लिएका थिए ‌। ‘
विकासमा निर्माणमा भएको काम रोक्नुपर्ने कारण नभएको भन्दै काम अघि वढाएको गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ । प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाको वजेटमा पार्क निर्माण भइरहेको थियो । कोरोना महामारीको जोखिमका बीच पनि सुरक्षाका उपाय अपनाउँदै उपभोक्ता समितिमार्फत काम अघि बढाइएको छ।
यो पार्क सन्दकपुर मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्छ। तुम्लिङ्गमा ुनो म्यान्सल्याण्डु भन्दा ३ सय मिटर नेपालतर्फ नै पार्क निर्माण भइरहेको छ।
भारतीय पक्षले काममा अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी गण इलाम, सीमा सुरक्षा बल पशुपतिनगर र सीमा प्रशासनलाई अवरोध फुकाउन पटक–पटक जानकारी गराइएपनि चासो नदिएपछि स्थानीयको सहयोगमा काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए।
‘प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई र सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका एसपी रोशन श्रेष्ठलाई बारम्बार अवरोध बारे जानकारी गराए पनि चासो नदिएको आरोप समेत अध्यक्ष राईले लगाए ।
आर्थिक वर्ष सकिन लाग्दा बजेट फ्रिज हुने भएकोले स्थानीय र उपभोक्ता समिति सहितले कामलाई निरन्तरता दिएको राईले जानकारी दिए ।

सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

छाल खवर धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली ...

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic