एसएसबीले रोकेको पार्क निर्माण तुम्लिङवासीले शुरु गरे

  • असार ४, २०७७
  • ४७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इलाम,४ असारः केही समय अघि तारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले शुरु गरेकाछन् ।
इलामको माइजोगमाई गाउँपालिका–२ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले अघि बढाएका हुन्
गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले काम थालेको हो। वैशाख पहिलो साताबाट रोकिएको थियो । काम सुरू भएको जानकारी पाउने बित्तिकै मानेभञ्ज्याङमा रहेको एसएसबीका प्रतिनिधि निर्माणस्थलमा आएका थिए। तर गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति र स्थानीयले प्रष्ट रुपमा सीमास्तम्भले नेपाल–भारत छुट्याइएकाले काम नरोक्ने अडान लिएका थिए ‌। ‘
विकासमा निर्माणमा भएको काम रोक्नुपर्ने कारण नभएको भन्दै काम अघि वढाएको गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ । प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाको वजेटमा पार्क निर्माण भइरहेको थियो । कोरोना महामारीको जोखिमका बीच पनि सुरक्षाका उपाय अपनाउँदै उपभोक्ता समितिमार्फत काम अघि बढाइएको छ।
यो पार्क सन्दकपुर मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्छ। तुम्लिङ्गमा ुनो म्यान्सल्याण्डु भन्दा ३ सय मिटर नेपालतर्फ नै पार्क निर्माण भइरहेको छ।
भारतीय पक्षले काममा अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी गण इलाम, सीमा सुरक्षा बल पशुपतिनगर र सीमा प्रशासनलाई अवरोध फुकाउन पटक–पटक जानकारी गराइएपनि चासो नदिएपछि स्थानीयको सहयोगमा काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए।
‘प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई र सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका एसपी रोशन श्रेष्ठलाई बारम्बार अवरोध बारे जानकारी गराए पनि चासो नदिएको आरोप समेत अध्यक्ष राईले लगाए ।
आर्थिक वर्ष सकिन लाग्दा बजेट फ्रिज हुने भएकोले स्थानीय र उपभोक्ता समिति सहितले कामलाई निरन्तरता दिएको राईले जानकारी दिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic