चिनियाँ कम्युनिस्ट पार्टीसँगको कार्यशालाबारे नेकपा विदेश विभाग बेखबर

  • असार ५, २०७७
  • ५२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।
वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी० र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरु शुक्रबार संयुक्त कार्यशालामा सहभागी हुँदैछन् । भर्चुअल कार्यशालामा नेकपाका अध्यक्ष प्रचण्ड र स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत धारणा राख्नेछन् ।
पार्टी र सरकार सञ्चालनका सन्दर्भमा चिनियाँ अनुभवहरु सुनाइने कार्यक्रमको नेकपा स्कुल विभागले संयोजन गरेको छ भने चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ ।
कार्यक्रमबारे नेकपाको विदेश विभागलाई जानकारी नरहेको विभागसम्बद्ध नेताहरुले बताएका छन् ।
विदेश विभागका प्रमुख माधव नेपाल हुन् ।
स्कूल विभाग प्रमुख ईश्वर पोखरेल छन् भने उपप्रमुख देवेन्द्र पौडेल र बेदुराम भुसाल छन् ।
विभागमा अन्य सदस्यहरु चयन भएका छैनन् । विभागका उपप्रमुख भुसालले समेत आफू निर्णय प्रक्रियामा सहभागी नभएको जानकारी माधव नेपाललाई गराएका छन् ।
कार्यशालामा अध्यक्ष प्रचण्ड र स्कूल विभाग प्रमुख पोखरेलसहित एक सय जना केन्द्रीय सदस्यहरु सहभागी हुँदैछन् । उद्घाटन सत्रमा प्रचण्ड र पोखरेलका साथै चीनको विदेश विभागका प्रमुख ताओले बोल्नेछन् । छलफल सत्रमा चिनियाँ विदेश विभाग प्रमुखले बलियो सत्तारुढ पार्टी निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव सुनाउनेछन् ।
यो कार्यक्रम प्रशिक्षण नभएर सरकार र पार्टी सञ्चालनमा दुई कम्युनिस्ट पार्टीबीचको अन्तरक्रिया रहेको नेकपाले जनाएको छ ।
गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि दुई देशका कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेकपाका दुवै अध्यक्षको उपस्थितिमा भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
त्यसमा दुवै पार्टीबीच भ्रमण आदान(प्रदान, प्रशिक्षण र बैचारिक कार्यशालाहरु गर्ने भनिएको थियो । यस्तो कार्यक्रम चीनको विदेश विभागले गरे पनि नेपालमा भने विदेश विभागलाई जानकारी नदिई स्कुल विभागले गरेको भनेर असन्तुष्टि व्यक्त भएको हो ।
अनलाइन खवरबाट

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic