गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा ताालवन्दी गाउपालिका अध्यक्षले सौतेनी व्यवहार गरेको आरोप

  • असार ५, २०७७
  • ३,३६५ पटक पढिएको
  • छाल खबर
alt

धरान ५ असार÷ आफूहरुले मागेको जति बजेट बिनियोजन नगरेको भन्दै ३ जना वडाध्यक्षले गाउपालिका अध्यक्षको कार्यालयमा तालावन्दी गरेकाछन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले तालाबन्दी गरेका हुन् ।
वडा नम्बर ४, ५ र ६ का वडाध्यक्षहरु क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका छन् ।
गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ।
वडा–६ नं ६का वडाध्यक्ष यमप्रकाश मगरले छलफल नै नगरी गाउपालिका अध्यक्षले बजेटको सिलिङ तोकेर पठाएको र आफूहरुलाई वेवास्ता गरेकोले वाध्य भएर तालावन्दी गर्नुपरेको दावी गर्नुभएको छ ।
१० वटा वडा रहेको गाउँपालिकामा वडा नं. ४ मा जनता समाजवादी, वडा नं ५ र ६ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अन्य ७ वटा वडामा तत्कालीन एमालेले जितेको थियो ।
आन्दोलनरत वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुझाए लगत्तै ताला लगाएका हुन्।
तालावन्दी गरेको करिब आधा घण्टामा स्थानीय प्रशासनले उनीहरुले लगाएको ताला तोडेर काम सुचारु गरेको थियो।
असन्तुष्ट वडाध्यक्षहरुले छलफलको माध्यमबाट समस्या समाधानका लागि गाउँपालिकासँग सहकार्य गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष राईले बताइन ।
गाउँपालिकाले ५० लाखका दरले वडामा विगत वर्षहरुमा बजेट विनियोजन गरेको भएपनि यो वर्ष कोरोना रोकथामका लागि गाउँपालिकाले सबै वडामा विभिन्न काम गर्नुपर्ने भएकाले बजेट कटौती गर्नुपरेको उपाध्यक्ष राईको भनाई रहेको छ । उनले यो निर्णय बहुमतका आधारमा गरेको नभई कार्यपालिकाले निर्णय गरेको बताइन्।
उपाध्यक्ष राईले वजेटको सिलिङका सम्वन्धमा असन्तुष्ट वडाध्यक्षहरुको मागका सम्वन्धमा छलफल भईरहेको जनाएपनि सहमतिको विन्दुमा भने पुगिनसकेको जानकारी दिनुभयो ।
बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका दरले रकम पठाउने र बाँकी काम गाउँपालिकास्तरीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो।
कोरोनाको कारण अधिकांश स्थानीय निकायले यसै अनुसारको निर्णय गर्दै आएकाछन् ।

सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

छाल खवर धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली ...

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic