राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

  • असार ५, २०७७
  • २३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान ५ असार÷ नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ।
कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो।
आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ। विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै ओसारपसार गर्नुपर्नेछ। भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने छ।
सरकारले संक्रमितको संख्या कम भएका जिल्लाहरुमा असार १ गतेबाट लकडाउन खुकुलो वनाउदै लगेको थियो । संक्रमितको संख्या दिनप्रतिदिन वढन थालेपछि सरकारले लकडाउनमा कडाई गर्ने आन्तरीक तयारी थालेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic