तीन आमसमस्या, तीन सहज योग

  • असार ६, २०७७
  • ३४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार
हामीलाई केही न केही सानोतिनो समस्याले सताइरहेको हुन्छ । जस्तो कहिले कम्मर दुख्ने, कहिले रुघा लाग्ने, कहिले नाक बन्द भएर सास फेर्न गाह्रो हुने । यस्तो अवस्थामा औषधि खोज्ने कि त्यसको अरू विकल्प
यी सामान्य समस्याहरूको हल योगासनबाट सहजै गर्न सकिन्छ। कतिपय योगासन यस्ता हुन्छन्, जो प्रभावकारी त हुन्छन् नै उत्तिकै सहज पनि हुने गर्छ ।
कम्मर दुख्ने
कारण– माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरी अवस्थामा धेरै शारीरिक श्रम गर्नु।
हलासन
(जमिनमा कम्मरको बलमा सुत्ने, दुवै हातलाई जमिनमा राख्ने ।
(दुवै खुट्टाको पञ्जा मिलाएर राख्ने ।
(दुवै खुट्टालाई बिस्तारै माथि उठाउने र ९० डिग्रीको कोण बनाउँदै टाउकोबाट पछाडितिर लाने ।
– हातलाई पछाडितर्फ जमिनमा तन्काएर राख्ने ।
(१र२ मिनेटसम्म यस स्थितिमा रहेर सास लिने एवं छाड्ने ।
– बिस्तारै पहिलेकै अवस्थामा आउने ।
टिप्स
– हर्बल आयललाई मनतातो बनाएर कम्मरमा मसाज गर्ने ।
– तोरी वा नरिवलको तेलमा ८ वटा जति लसुन हालेर पकाउने, चिसो भएपछि कम्मरमा मसाज गर्ने।
रुघा ज्वरो
कारण– मौसमी परिवर्तन, गलत खानपान र जीवनशैली, भाइरस आदि।
सर्वागासन
(कम्मरको बलमा सुत्ने र दुवै हात जमिनमा राख्ने ।
(सास लिँदै बिस्तारै खुट्टालाई माथि उठाउने । यसरी खुट्टामाथि उठाएको बेला हातले कम्मरलाई सपोर्ट दिने ।
– खुट्टालाई ९० वा १२० डिग्रीमा लगेर हातलाई कम्मरको पछाडि लाने ।
– खुट्टलाई मिलाएर सिधा राख्ने, फेरि पूर्वावस्थामा आउने ।
(आँखालाई बन्द गरेर दुवै आँखीभौंको बीचमा दुईरतीन मिनेटसम्म ध्यान केन्द्रित गर्ने ।
टिप्स
(२ चिया चम्चा पानको पत्ताको रसमा एक चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।
(४ कप पानीमा एक ठूलो चम्चा बेसार र केही तुलसीको पात मिसाएर १० मिनेटसम्म उमाल्ने । त्यसलाई छानेर एक चिया चम्चा मह र स्वादअनुसार कागतीको रस मिसाएर पिउने ।
माइग्रेन
कारण– अनिन्द्रा, तनाव, शरीरमा पोषक तत्वको कमी, अल्कोहलको अधिक सेवन, एलर्जिक रिएक्सन
अनुलोम बिलोम प्राणायाम
– सुखासनमा बस्ने । कम्मरलाई एकदमै सिधा राख्ने ।
– बुढी औंलाले देब्रे नाक बन्द गर्ने, दाँया नाकले सास लिने । अब साहिली औंलाले अर्को नाक बन्द गर्ने ।
(बुढी औंला बिस्तारै हटाएर सास छाड्ने ।
– देब्रे नाकले सास लिएर केही क्षण रोक्ने ।
– दायाँ नाकले सास निकाल्ने, केही क्षण रोक्ने र सोही नाकबाट सास लिने ।
(सासलाई बिस्तारै विनाआवाज भित्र लाने र छाड्ने प्रक्रिया दोहोर्‍याउने ।
टिप्स
(आधा गिलास गाजरको जुसमा आधा गिलास पालकको जुस मिसाएर पिउने ।
– कागतीको बोक्रालाई पिसेर पाउडर बनाउने, थोरै पानीमा मिलाएर तालुमा राख्ने ।
अनलाईन खवरबाट

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic