स्वास्थ्य मन्त्रालयको विश्लेषण भदौमा ३९ हजार पुग्नसक्छन् कोरोना संक्रमित

  • असार ७, २०७७
  • १०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असारः नेपालमा कोरोना भाइरस (कोभिड१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ ।
त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
सचिव र विभागीय प्रमुखसहित शनिबार सञ्चारकर्मीहरु छलफल गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म पुग्नसक्छ भन्ने छ ।
कोरोना संक्रमितको संख्यालाई १५ हजारभित्र समिति राख्न सकिन्छ भन्ने राणनीति अनुसार काम गरेको भए पनि त्यो बढ्ने देखिएको उनले सुनाए ।
अहिले कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ ।
साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो रुप लिन्छ अनुमान गर्न गाह्रो भएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।
तर सरकारले भने भदौ पहिलो सातासम्म ३० हजारसम्म सङ्क्रमित हुने आंकलन गरेर पूर्व तयारी थालेको छ । मन्त्रालयका सहसचिव डा। गुणराज लोहनीका अनुसार त्यति संक्रमित हुँदा चाहिनसक्ने सघन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटर लगभग तयार छ । उनकाअनुसार अहिले एक हजार भेन्टिलेटर र १८०० आईसीयू छन् ।
‘कन्ट्याक्ट ट्रेसिङ’ टिम बन्दै
समुदाय स्तरमा संक्रमण देखियो भने परीक्षणसँगै कन्ट्याक ट्रेसिङ महत्वपूर्ण हुन्छ ।
यसका लागि ३ हजार २२५ जनाको टोली बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार यसका लागि मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भइसककेको छ ।
यसका लागि चाहिने दुई तिहाइ स्वास्थ्य जनशक्ति अहिले छन् भने बाँकी भर्ना गरिनेछ ।
दैनिक १० हजार परीक्षणको लक्ष्य
मन्त्रालयको तथ्यांकअनुसार शनिबार ७ हजार ४०० बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यसलाई बढाएर दैनिक १० हजार पुर्‍याउन थप पाँच ठाउँमा पीसीआर मेशिन जडान गरिनेसचिव अर्यालले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पतालका साथै दैलेख र डडेल्धुरामा प्रयोगशाला थपिनेछ । ‘अहिले रहेका प्रयोगशालाको स्तरवृद्धि र नयाँ थप पाँच प्रयोगशाला स्थापना गरेपछि हामीले दैनिक १० हजारको दरमा परीक्षण गर्न सक्छौं’ उनले भनेका छन् ।
तर अहिले पनि प्रयोगशालाहरुमा स्वाब थुप्रिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले पनि सङ्कलित नमुनाको रिपोर्ट आउन ढिलाइ भएको बताइन् ।
कति छन् स्वास्थ्य सामाग्री
संक्रमितको संख्या बढ्ने प्रक्षेपणसँगै मन्त्रालयले स्वास्थ्य सामाग्री खरिदलाई पनि प्राथमिकतामा राखेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्ऽरमण सिंहका अनुसार व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, एन ९५ मास्क र सर्जिकल माक्स स्कटमा छ भने थप खरिदको प्रक्रिया चलिरहेको छ । एन ९५ मास्क २ लाख २८ हजार ४६९ थान र सर्जिकल मास्क ३३ लाख ९६ हजार बढी छ ।
यस्तै पीसीआर रि(एजेन्ट ७२ हजार ५००, पीसीआर रि(एजेन्ट पोर्टेबल १००८, आरडीटी ६४ हजार ६०९, आरएनए एक्ट्याक्सन पोर्टेबल १७ हजार ९८०, आरएनए एक्ट्याक्सन किट ३८ हजार ४४० र भीटीएम ३० हजार १४६ थान छ । ‘दैनिक ५ हजार टेष्ट गर्दा यो आरएनए एक्ट्याक्सन किट १९ दिनका लागि पुग्छ । पीसीआर रिएजेन्ट २१ दिनका लनगि पुग्छ र भीटीएम १५ दिनका लागि पुग्छ’ उनले भने ।
पाइप लाइनमा सामाग्रीहरुलाई पनि जोड्ने हो भने आरएनए एक्ट्याक्सन किट ५१, पीसीआर रिएजेन्ट ५५ र भीटीएम ५० दिनका लागि पुग्ने उनले बताएका छन् ।
मन्त्रालयका सचिव अर्यालकाअनुसार स्वास्थ्य सामाग्री खरिद लगायतका मन्त्रालयले १ अर्ब ४ करोड खर्च गरेको छ भने केही रकम भुक्तानी गर्न बाँकी छ । यस्तै प्रदेशहरुलाई १६ करोड पठाएको भए पनि ७ करोड मात्र खर्च भएको छ ।

अनलाइन खवरबाट

 

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानका

छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार ...

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात् ...

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic