आजको आवश्यकताः बलियो आन्तरिक राष्ट्रिय एकता रेखा यादव

  • असार ७, २०७७
  • १,३५९ पटक पढिएको
  • छाल खबर
alt

ऐतिहासिक दस्तावेज र तथ्यहरुका आधारमा अतिक्रमणमा परेको हाम्रो भूभागमा हाम्रो अधिकार स्थापित गर्ने प्रस्थान बिन्दूका रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरे पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा तरङ्ग फैलिएको छ । सरकारले नयाँ नक्शा जारी गरे सँगै नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसुचि ३ मा उल्लेख गरिएको निशान छापमा नयाँ नक्शा अंकित गर्न संविधानमा समेत संशोधन गरिसकेको अवस्था छ । यो आवश्यक पनि थियो, आम नेपाली नागरिकहरुको चाहना पनि थियो । संविधान संशोधन प्रकृयामा नेपालको संघिय संसदमा रहेका सबै दलहरुमा अभूतपूर्व एकता देखियो । त्यो एकताले नेपालका राजनितिक दलहरु विचार तथा मुद्दाहरुमा दृष्टिकोण फरक हुँदाहुदै पनि राष्ट्र, जनताको हितका पक्षमा राष्ट्रिय अखण्डताको पक्षमा एकै ठाउँमा उभिन सक्छन भन्ने प्रमाणित गरेको छ । नेपाल हिमाल, पहाड, तराइँ मधेशको भौगोलिक भूभागमा विभिन्न सामाजिक एवंम् साँसकृतिक विविधतायुक्त विशेगाता भएको मुलुक हो । वातावरणिय अनुकुलता र अवस्था अनुसारको फरक फरक भेषभुषा, सामाजिक अवस्था नेपालको पहिचान हो । यहि विविधता बिचको एकताले मात्र नेपाललाई अखण्ड, समृद्ध बनाउन सक्छ । यो महत्वपूर्ण सत्य हो । सबै प्रकारका विभेदहरुको अन्त्य गर्दै आमनेपाली नागरिकहरुलाई राज्यको मूलधारमा ल्याउनका निमित्त मुलुकमा विभिन्न चरणहरुमा आन्दोलनहरु भए । आज हामी संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक बनेका छौ । यो महत्वपूर्ण उपलब्धि हो । यो उपलब्धि प्राप्त गर्न मधेशमा रहेका नेपालीहरुको उल्लेखनिय योगदान रहेको छ यो सत्यलाई बिर्सनु हुदैन । अझ भन्ने हो भने संघियताको मुद्दालाई मधेश आन्दोलनले स्थापित गरेको हो, मधेशी जनताको आन्दोलनको परिणामले नै नेपाल आज संघिय राज्यमा परिणत भएको छ । यो सत्यलाई स्वीकार गर्नै पर्छ । राजनितक परिवर्तनलाई संस्थागत गर्न हिमाल, पहाड, तराइँ मधेशका आम नेपाली नागरिकहरुलाई संविधान प्रदत्त अधिकारको समान उपयोग गर्ने, विगतमा क्षेत्र, जात, लिङ्ग, भाषाका आधारमा विभेद गरिएका नागरिकहरुलाई सहजरुपले राज्यको मूलधारमा आउने वातावरण बनाउन आवश्यक छ । सबै नेपालीहरुलाई सामाजिक, साँस्कृतिक, राजनितिक एवंम् भावनात्मकरुपले एकताबद्ध गराउदै समान ढंगबाट अगाडी बढाउने अवस्था संविधानले नै सुरक्षित गर्नु पर्दछ । अनि मात्र राष्ट्रियता समृद्ध हुन सक्छ, राष्ट्रिय एकता बलियो हुन सक्छ । समृद्ध राष्ट्रियता र बलियो राष्ट्रिय एकता भए मात्र मुलुकले विकास र समृद्धिको लक्ष्य प्राप्तिको यात्रा पुरा गर्न सक्दछ । अन्यथा विभेदका बिचमा बाँचेका फरक फरक क्षेत्र, समुदायको अन्तरविरोधको खाडल अझ गहिरो बन्दै जाने छ र अधिकार प्राप्ति तथा विभेद अन्त्यको लागि विकल्प खोज्नु पर्ने अवस्था बन्छ फेरि अर्को विद्रोहको बलियो आधार निर्माण हुँदै जान्छ विद्रोह आवश्यक बन्छ । प्रसंग जोडौं, लामो राजनितिक यात्रा छिचोल्दै अतिक्रमीत लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने कार्य सम्म आईपुग्दा मधेशसँग जोडिएका राजनितिकदलहरु अन्य राजनितिकदलहरु सँगै उभिरहदा पनि उनिहरुको राष्ट्रवादमा अझै शंकाको दृष्टिमा राखिएको हो भन्ने अनुभूति हुन्छ गराईन्छ । एउटा सत्य के हो भने नेपाल र भारत बिचमा खुल्ला सिमाना छ । सिमाना वारी पारीका जनताहरुका बिच साँस्कृतिक, सामाजिक र कतिपय सन्दर्भमा भाषिक समानत छ । यहि समानताका कारण ईतिहास देखि नै पारिवारिक सम्बन्ध गाँसिदै आएको छ । अर्को चलन चल्तिको शब्दमा भन्दा रोटीबेटीको सम्बन्ध छ । यसैका आधारमा मधेशका नागरिकको नेपाल प्रतिको इमान्दारीतालाई शंकाको दृष्टिले हेर्ने गरिएको छ । म के सम्झाउन चाहन्छु भने रोटीबेटीको सम्बन्ध भन्दा माथी राष्ट्र हुन्छ, राष्ट्र प्रतिको इमान्दारीता हुन्छ । त्यसैले दृष्टिभ्रम सुध्रिनु पर्दछ । जरुरी पनि छ । इतिहासलाई बिर्सेर कुल्चेर सुन्दर भविष्य निर्माणका निमित्त वर्तमानमा त्रियाशिल रहन सकिदैन । यसो भनिरहँदा विगतका गल्ति कमजोरीहरु कोट्याउदै भविष्यमा केहि हुन सक्दै भनेर विश्राम लिनु पनि हुदैन । ईतिहासका सकरात्मक पक्षहरुको अनुसरण, कमजोर पक्ष, गल्ति कमजोरीहरुबाट शिक्षा लिदै वर्तमान यथार्थ अनुसार सोच र चिन्तनहरुलाई फाकिलो र परिष्कृत गर्दै अगाडी बढ्न सके मात्र परिणाम आम नेपालीका निमित्त सुखद हुन सक्छ । अतिक्रमीत लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग मात्र होईन नेपालको नक्शामा रहेको तर मिचिएको चिथोरिएको कुल्चिएको सबै भूभाग नेपाली जनताको अधिकारमा आउनु पर्दछ । यस लागि सबै राजनितिक दलहरुले आम नेपाली जनतालाई एकताबद्ध गर्दै एकै ठाउँ उभ्याउन सक्ने वातावरण बनाउनुपर्दछ । यस्का निमित्त हाम्रो आन्तरिक राष्ट्रियता बलियो बनाउदै हिमाल पहाड तराइँ मधेशका जनताहरुमा नेपाली हुँ भन्ने भावनाको विकास गर्न सक्नु पर्दछ, त्यस्तो वातावरण बन्न सक्नु पर्दछ । अन्यथा राष्ट्र राष्ट्रियताको बिषयको अहिलेको बिषय उठानलाई कुनै निश्चित राजनितिक दलको आन्तरिक समस्या समाधान अथवा सत्ता यात्राको सुनिश्चिताको अभियान मात्र हो भन्ने आशंका उठने छ । यसले अमुक राजनितिक दललाई सत्तायात्रामा फाईदा नै होला तर नेपाल ठगिने छ नेपाली जनता ठगिने छन ।
लेखक केन्द्रिय सदस्य एवंम् गैरभूगोल ईञ्चार्ज, समाजवादी पार्टी हाल जनता समाजवादी पार्टी मा आवद्ध हुनुहुन्छ ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic