सुनाखरी रातो विजयी

  • मंसिर १४, २०८२
  • १४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको खेलमा आयोजक सुनाखरी रातो विजयी वनेको छ ।

सनाखरी रातोले सैनिक आवासीय मा.वि.लाई पराजित गर्दै विजयी वनेको हो ।

सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो।

खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन।

दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्बर १० श्रीहाङ लिम्बुले गोल गर्दै अग्रता २–० मा पुर्‍याए। त्यसपछि १९औँ मिनेटमा जर्सी नम्बर २६ प्रज्वल तामाङले अर्को १ गोल थपेपछि सुनाखरी रेड ३–० ले मजबुत स्थितिमा पुग्यो। खेलको अन्तिमसम्म सैनिक आवासीय स्कुलले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न असफल रह्यो।

सुनाखरी रेडका आदेश पोद्दार ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई स्कुलका संस्थापक किशोर सुब्बा ले नगद रु। १ हजार सहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत सोमबार हुने अर्को सेमिफाइनल खेल नेपाल पुलिस स्कुल र ज्वालामुखी माध्यमिक विद्यालय बीच हुने आयोजकले जनाएको छ। आइतबारको बिजेता सुनाखरी रेड र सोमबारका विजेताबीच बुधबार फाइनलमा रोमाञ्चक भिडन्त हुनेछ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic