शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

  • मंसिर १६, २०८२
  • २,३३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा दन्तकाली मावि धरान–१४मा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

धरान–१४ निवासी शिक्षाप्रेमी घिमिरेले दन्तकाली मा.वि.लाई १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

स्कुलका पूर्व शिक्षक समेत रहेका घिमिरे सोही वडाका स्थायी बासिन्दा हुन । वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए।

प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरेका थिए ।

वडाध्यक्ष भट्टराईले शिक्षासेवि घिमिरेले शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा गरेको कार्यको अत्यन्त सराहनीय रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

सरकारले समेत शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न नसकेको अवस्थामा, शिक्षाप्रेमी घिमिरेले आमाको नाममा बालबालिकाको उज्जवल भविष्य निर्माण गर्ने उद्देश्यले बिद्यालयमा अक्षयकोष स्थापना गर्नु प्रशंसनीय कार्य भएको भट्टराईको भनाई रहेको छ ।

सामुदायिक बिद्यालयमा पढ्ने बालबालिकाले सहजै कापी–कलम किन्न सकून् र गुणस्तरीय शिक्षा हासिल गर्न टेवा पुगोस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको घिमिरेले बताए ।

घिमिरेले यस अघि २०७९ सालमा पनि आफ्ना हजुरबुवा देवनारायण घिमिरेको नाममा ५० हजार रुपैयाको “स्मृति कोष” स्थापना गरेका थिए ।

घिमिरे सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरानका संचालक समेत रहेका छन् भने केन्द्रिय प्रबिधि क्याम्पस हात्तीसारमा अध्यापन गराउदै आएका छन् ।

घिमिरेले गत वर्ष धरान–८ स्थित शहिद स्मृति मा.वि.लाई जन्म दिनको अवसरमा १ लाख रुपैयाको अक्षय कोष प्रदान गरेका थिए भने यस वर्ष आफ्नै वडाको विद्यालयमा अक्षयकोषमा दिएकाछन् । कोषलाई वृद्धि गर्न आफूले कोसिस गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic