शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

  • मंसिर १६, २०८२
  • २,२०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा दन्तकाली मावि धरान–१४मा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

धरान–१४ निवासी शिक्षाप्रेमी घिमिरेले दन्तकाली मा.वि.लाई १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

स्कुलका पूर्व शिक्षक समेत रहेका घिमिरे सोही वडाका स्थायी बासिन्दा हुन । वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए।

प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरेका थिए ।

वडाध्यक्ष भट्टराईले शिक्षासेवि घिमिरेले शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा गरेको कार्यको अत्यन्त सराहनीय रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

सरकारले समेत शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न नसकेको अवस्थामा, शिक्षाप्रेमी घिमिरेले आमाको नाममा बालबालिकाको उज्जवल भविष्य निर्माण गर्ने उद्देश्यले बिद्यालयमा अक्षयकोष स्थापना गर्नु प्रशंसनीय कार्य भएको भट्टराईको भनाई रहेको छ ।

सामुदायिक बिद्यालयमा पढ्ने बालबालिकाले सहजै कापी–कलम किन्न सकून् र गुणस्तरीय शिक्षा हासिल गर्न टेवा पुगोस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको घिमिरेले बताए ।

घिमिरेले यस अघि २०७९ सालमा पनि आफ्ना हजुरबुवा देवनारायण घिमिरेको नाममा ५० हजार रुपैयाको “स्मृति कोष” स्थापना गरेका थिए ।

घिमिरे सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरानका संचालक समेत रहेका छन् भने केन्द्रिय प्रबिधि क्याम्पस हात्तीसारमा अध्यापन गराउदै आएका छन् ।

घिमिरेले गत वर्ष धरान–८ स्थित शहिद स्मृति मा.वि.लाई जन्म दिनको अवसरमा १ लाख रुपैयाको अक्षय कोष प्रदान गरेका थिए भने यस वर्ष आफ्नै वडाको विद्यालयमा अक्षयकोषमा दिएकाछन् । कोषलाई वृद्धि गर्न आफूले कोसिस गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic